बागलुङ / समृद्धिका लागि संकल्प यात्रा अभियानको क्रममा बागलुङ आईपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् ।
पुजा सामाग्री लिएर श्रीमती राधिका शाक्यसहित मन्दिर परिसर पुगेका ओलीलाई मन्दिरका पुजारी जय वहादुर खड्काले पुजा गराएका थिए । पुजापछि ओली दम्पतीले पुजारीबाट टिका ग्रहण गरे । त्यसपछि अध्यक्ष ओलीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्त्ताक्षर पनि गरे ।

पुजा गर्न कालिका मन्दिरमा पुगेका अध्यक्ष ओलीलाई कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले स्वागत गरेका थिए । गुठीका अध्यक्ष खड्काले पूर्व प्रधानमन्त्री ओलीलाई मायाको चिनो प्रदान गरे । माया चिनो ग्रहण गर्दै अध्यक्ष ओलीले मन्दिरको ब्यवस्थापन प्रति खुशी ब्यक्त गर्दै यसलाई धार्मिक पर्यटनको केन्द्र बनाउनु पर्नेमा जोड दिए ।
कालिका मन्दिरमा ओली दम्पतीसहित उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश सांसद कृष्ण पाठक, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल र पार्टीका जिल्ला अध्यक्ष हिराबहादुर केसी पुगेका थिए ।






