
गोरखा / नेकपा एमाले गण्डकीले १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्य पहाडी यात्रा ‘समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागीलाई शनिवार गण्डकीबाट विदाई गर्दैछ । सो टोलीलाई बागमती प्रदेशले स्वागत गर्ने कार्यक्रम छ । शनिवार विहान गोरखामा आयोजित सर्वदलीय अन्तरक्रिया कार्यक्रममा सहभागी भएर टोली अगाडि बढ्ने एमालेले जनाएको छ ।
मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर मध्यविन्दु पार गर्दैछ । शनिवार साँझको बास नुवाकोटको विदुरमा हुनेछ । नुवाकोट मध्यपहाडी राजमार्गको मध्य विन्दु हो ।

एमाले गण्डकी प्रदेश सचिव धन्नञ्जय दवाडीका अनुसार सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको छ । ‘विहानको खाना सल्यानटारमा खाएर टोली आज धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछ ।
अर्थात कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्वपर्छ भने आधा भाग पश्चितर्फ । ‘यात्राको दशौं दिन हामी मध्यभागमा आइपुग्दैछौं’ एमाले केन्द्रिय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘अब नौ दिनमा बाँकी दुरी पार गर्दै यात्रा समापन हुनेछ ।’
आरुघाट, सामरी भञ्ज्याङ, भ¥याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरु हुनेछन् । आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा सहित एमालेले मधयपहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरुसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरुको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्धेश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।





