पोखरा / सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशनले सरिता ताम्राकारको अध्यक्षतामा ७ सदस्य सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिन्तामाणि वास्तोला, सचिव माधम प्रसाद तिमिल्सेना, कोषाध्यक्ष विश्व तण्डुकार, सदस्यहरुमा मचराजा मर्हजन, कल्पना शर्मा, रक्छे लामा रहेका छन् ।
लेखा समिति संयोजक राजु श्रेष्ठ र सदस्यहरुमा कमल कुमार प्रधान र रामनारायण श्रेष्ठ रहेको निर्वाजन संयोजक बरिष्ठ अधिबक्ता दामुदर अधिकारीले बताए । सो अधिवेशनको शुभारम्भ गदै सहकारीका संस्थापक अध्यक्ष कृष्ण बहादुर थापाले सहकारी भावना र सिद्धान्तमा रहे संस्था संचालनमा समस्या नहुने बताए ।
सो साधारणसभाले संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, सचिव चिन्तामणि वास्तोला, कोषाध्यक्ष माधव तिमिल्सीना, ब्यवस्थापक विश्वहरी जोशी, लेखा संयोजक राजु श्रेष्ठद्धारा प्रस्तुत प्रतिवेदनलाई पारित गरेको छ ।
संस्थाका अध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार निरन्जन श्रेष्ठ, उपाध्यक्ष सरीता ताम्राकार, सचिव चिन्तामणि बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सीना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
वि.सं.२०६९ मा स्थानीयहरुद्धारा स्थापीत सहकारीको सेयर पुजी रु. ४ करोड ९६ लाख, बचत १५ करोड ७४ लाख, ऋण लगानी १८ करोड रहेको छ ।




