बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युनियन बहुउद्देश्यीय सहकारीले गर्यो साधारणसभा

युनियन बहुउद्देश्यीय सहकारीले गर्यो साधारणसभा

'सुरक्षित लगानी, सरल कारोवार - आजको बचत, भोलीको आधार'


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८०, सोमबार

बागलुङ / ‘सुरक्षित लगानी, सरल कारोवार – आजको बचत, भोलीको आधार’ भन्ने उदेश्य सहत साथ स्थापना भएको युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको १६औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा युनियन बहुउद्देश्यीय सहकारीका पूर्व अध्यक्ष मेघनाथ गैरे, पत्रकार राजेशचन्द्र राजभण्डारी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुवँर लगायतका बक्ताहरूले शुभकामना दिदै अहिले सहकारी क्षेत्र एकपछि अर्को धरासायी बन्दै गइरहेको हुँदा सहकारीलाई मजबुत बनाउन सहकारीले लगानी गरेको ऋण र ब्याज समयमै उठाउनु पर्नेमा जोड दिए ।

उनीहरुले सहकारीमा बचत जम्मा गरेका बचतकर्ताले रकम फिर्ता नपाउने हुँदा यसतर्फ सबै सजग रहनुपर्ने धारणा राखे ।

साधारणसभामा सहकारीको प्रगति प्रतिवेदन सहसचिव अस्मिता गौतमले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष खगराज शर्माले प्रस्तुत गरेका थिए । सो सहकारीमा १ सय ९७ जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पुँजी १ करोड २६ लाख ५७ हजार ६ सय रूपैयाँ र कर्जा लगानी १ करोड ६८ लाख ६ हजार ७ सय ७० रूपैयाँ रहेको छ ।

संस्थाले यस बर्ष कुल आम्दानी २९ लाख ३८ हजार ६ सय ३ रूपैयाँ ९७ पैसा र कुल खर्च २१ लाख ४२ हजार १५ रूपैयाँ ४८ पैसा भई खुद नाफा ७ लाख ५६ हजार ७ सय ५९ रूपैयाँ ६ पैसा गर्न सफल भएको साधारणसभामा जानकारी दिईयो ।

सहकारीका अध्यक्ष अगम कुमार पालिखेको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका मंगल सुवेदीको स्वागत र सहकारीका सहसचिव अस्मिता गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->