पोखरा/ सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ ।
प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामग्री सङ्कलन÷प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।
सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिए ।





