बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ महोत्सवमा शनिबार सर्वाधिक कारोबार

लेखनाथ महोत्सवमा शनिबार सर्वाधिक कारोबार


  • Dhorpatan News
  • पुष १६ २०८०, सोमबार

पोखरा/ पुस ५ गतेबाट लेखनाथमा सुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ ।

महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखिएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म ८ करोडको हाराहारीमा कारोबार भएको छ । १०औं दिन शनिबार मात्रै अहिलेसम्मकै सर्वाधिक १ करोड ५० लाख बराबरको कारोबार भएको र अहिलेसम्म कुल ७ करोड ७० लाख बराबरको कारोबार भएको सुवेदीले जानकारी दिए ।

महोत्सवको हालसम्म झण्डै ३ लाख दर्शकहरुले अवलोकन गरेको आयोजकको दाबी छ । शनिबार ३० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको र हालसम्म २ लाख ८० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले जानकारी दिइन् ।

हालको शिथिल अर्थतन्त्रको अवस्थामा पनि महोत्सवमा देखीएको दर्शकहरुको उपस्थीती र कारोबारले उत्साहित बनाएको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->