स्याङजा/ पुतलीबजार नगरपालिका ३ बाडखोलाम केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा अभियान २५ कार्यक्रम घोषणा गरेको छ ।
संस्थाका अध्यक्ष हुमबहादुर कुमालले अभियानमा रक्तदानसहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, जेष्ठ सदस्य, प्रविधिमार्फत् उत्कृष्ट कारोबार गर्ने सदस्य, प्रारम्भिक तदर्थ समिति सदस्य, १० वर्षमाथि कार्यरत कर्मचारी र पत्रकार सम्मान रहेको बताए ।
यस्तै सहकारी सचेतना तथा सरसफाई कार्यक्रम, नियमित बचतको महत्व विषयक पालिकास्तरीय निबन्ध, सूर्योदय हाजिरी जवाफ, विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा खाध्यान्न वितरण, उद्यमशिलता विकास कार्यक्रम, सदस्यसँग सूर्योदय अन्तरसम्वाद पनि यही मेसोमा आयोजना हुने उनले बताए ।
२०५५ सालमा तीनजना युवाले सुरु गरेको सूर्योदयका पाँच शाखा, एक उपशाखा तथा १० हजार ९४० शेयर सदस्य तथा एक हजार ८८१ ऋणी रहेका छन् ।




