पोखरा / छोरेपाटन माबि युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
रेडक्रस सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकृति शर्माले गरेकी थिइन् ।





