बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनएमबी बैंकमा एटिएम सेवा संचालन

एनएमबी बैंकमा एटिएम सेवा संचालन


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८०, बुधबार

बागलुङ, १८ पुस– एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्रबैंक बाट क बर्गको मान्यता पाएको यो बैंकको देशभर २ सय १ वटा शाखा रहेको बागलुङ शाखाका प्रबन्धक अशोक केसीले जानकारी दिए । एनएमबी बैंकको १२ वटा एक्टेन्सन काउन्टर समेत रहेको छ ।
पछिल्लो समय बागलुङमा सबै बैंकका शाखाहरु स्थापना भैसकेका छन् । ती मध्ये सिमित बैंकको मात्र एटिएम सेवा संचालनमा छ । बागलुङ शाखा भने केही बर्ष अघिदेखिनै संचालनमा आइसकेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->