पोखरा/ कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औ साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी,सचिव मीनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि वर्षाकेशव पराजुली र सदस्यहरुमा किरण अधिकारी, दिपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित भए । साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरेको छ ।





