बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महोत्सव सुरु

पोखरा महोत्सव सुरु


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८०, शुक्रबार

पोखरा/बाह्रौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको महोत्सवको प्रतिनिधि सभाका सभासद देवराज घिमिरेले बिहीबार उद्घाटन गरेका हुन् । यूनाइटेड क्लब महोत्सवको आयोजक हो ।

सभामुख घिमिरेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुको कारण पोखरेली जनताले थाहा पाउनुपर्ने बताएका छन । ठूलो लगानीमा विमानस्थल निर्माण भएको भएतापनि सञ्चालनको एक वर्ष पुग्दा पनि सक्दापनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु दुखद भएको उनको भनाइ थियो । ‘के बाधा उत्पन्न भएर विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन नसकेको हो यसमा सरकारले जनतालाई जानकारी दिनुपर्छ,’उनले भने ।

यसअघि पोखरा रंगशाला गेटबाट महोत्सव स्थलसम्म बृहत झाँकी ¥याली प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->