बागलुङ/ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पौडेल अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ऋषीराम गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा गणेश बहादुर खत्री, सचिवमा अर्जुन प्रसाद कँडेल, सह–सचिवमा उत्तम बहादुर महत, कोषाध्यक्षमा लिलादेवी खड्का केसी, सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थम प्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिबहादुर भण्डारी र मुकुन्द प्रसाद शमा तथा लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा शिव प्रसाद आचार्य र चन्द्र विश्वकर्मा चयन भएका छन् । त्यस्तै साधारण सभाले सल्लाहाकारको रुपमा धुर्वप्रसाद शर्मालाई समेत चयन गरेको छ ।
बागलुङ जिल्लाका बचत तथा ऋण सहकारी संघ लि.हरुको छाता संघको रुपमा रहेको संघको साधारण सभामा सचिव ऋषिराम गौतमद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को प्रगती प्रतिवेदन र २०८०÷८१ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष लिलादेवी खड्का केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८०÷८१ को प्रस्तावित आय व्यय विवरण तथा लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित भएको छ ।
साधारण सभा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बा.न.पा.–१२ का वडा अध्यक्ष कोपिलामणि शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
जिल्लाका ७६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको संघको शेयर पुँजी ३४ लाख ५ हजार, बचत ९ करो ६० लाख, लगानीमा रहीरहेको कर्जा १ करोड ५४ लाख, कोष १० लाख ३२ हजार, कुल सम्पत्ती १० करोड २६ लाख र कर्मचारी २ जना रहेको संघको प्रतिवेदनमा उल्लेख छ ।





