बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संघ र प्रदेशको अनुगमन फितलो हुँदा सहकारीमा बेथिती

संघ र प्रदेशको अनुगमन फितलो हुँदा सहकारीमा बेथिती


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८०, बिहिबार

बागलुङ/ नेपालमा ३२ हजार सहकारी संस्था छन् । तीमध्ये अहिले ५ सय सहकारीमा समस्या देखिएको छ । तर तीमध्ये अधिकांस संघ र प्रदेश सरकारले अनुगमन गर्नुपर्ने कार्यक्षेत्रका सहकारीमा अर्बौको रकम हिनामिना भएको छ ।

जसका कारण साना तथा मझौला सहकारीमा पनि प्रभाव परेको छ । बागलुङमा कारोवार गरेका शिवशिखर सहकारी संघिय सरकारको अनुगमन क्षेत्रमा पर्छ भने प्रदेश क्षेत्राधिकारमा पर्ने इमेज बचत तथा ऋण सहकारी संस्थाले पनि दुइ अर्बबढी रकम हिनामिना गरेको भेटिएको छ । ती सहकारीका कारण नगरपालिकाभित्र दर्ता भएका र कारोवार गर्ने सहकारीमा समस्या नदेखियोस् भनेर नगरपालिकाले चासो राखेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए ।

बुधबार आयोजित नगरभित्रका सहकारीको वार्षिक समीक्षा कार्यक्रममा कंडेलले गरेको प्रस्तुतीमा केही सहकारीमा देखिएका समस्या तत्काल समाधान गरेमा नगरमा समस्या नबल्झने बताए । उनले ऋण लिएर नदिने समस्याबाट बचतकर्तामा नराम्रो प्रभाव परेको बताए । सहकारीमा सफ्टवेयरको एकरुपता नभएको, लेखापरीक्षण समयमा नभएको, समयमा रिपोर्टीङ नगरिएको र गैरकानूनी खरिदबिक्रीको काम भएको भेटिएको बताए । ‘अधिकार क्षेत्रभन्दा बाहिर गएर घरघडेरी किन्ने कामले पनि तरलतामा समस्या आएको छ’ उनले भने, ‘लाभांस वितरणमा पनि चासो राख्नुपर्ने भएको छ ।’ एकाघरका सदस्य संचालक बस्ने, आँफै ऋण लगानी गर्ने र लिने जस्ता क्रियाकलापमा अनुगमन गर्न सकेमा समस्याबाट बच्न सकिने उनको तर्क थियो ।

त्यस्तै सार्वजनिक पदमा बसेका व्यक्ति सहकारीको संचालक भएको समेत भेटिएको बताए । उक्त प्रस्स्तुतीपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीलाई राज्यले आर्थिक विकासको खम्बा मानेपछि नियमन र कार्यान्वयनको क्षेत्र पनि बलियो बनाउनु पर्ने बताए । उनले नेपाल राष्ट्रबैंकको नियमाबली समेत संशोधन गरेर सहकराी क्षेत्र अनुगमन र निरीक्षण गर्ने व्यवस्थापन गरिएको बताए । त्यसबाट सहकारी क्षेत्रमा आउन सक्ने बित्तिय समस्या समयमा समाधान हुने पनि आसा गरेको बताएका छन् ।

उनका अनुसार नेपाल भरमा संघिय सरकारबाट अनुमति लिएर बसेका १७ सहकारी सस्थाका देशभरका शाखाबाट अर्बौ रकम हिनामिना भएको भेटिएको बताए । ‘स्थानीय तहमा पनि केही समस्या होलान्, तर संघ सरकारको नियमन भित्रका सहकारीले गरेको हिनामिनाले नागरिकमा बितृष्णा आएको छ’ उनले भने, ‘समयमा ती समस्या समाधान गर्न सकेमा सहकारी क्षेत्र अर्थतन्त्रको खम्बा बन्छ ।’

भारतमा दुध सहकारीले गरेको काम र कोरियामा कफी सहकारीले गरेको कामबाट एक उत्पादनमा सहकारी लाग्दा आउने परिवर्तत र अर्थतन्त्रमा सुधारको अपेक्षा गरिएको उनले बताए । समितिमार्फत सबै प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालय मार्फत अनुगमन र मूल्यांकन समेत भैरहेको उनले जानकारी दिए ।

बागलुङ नगरपालिकाको तत्थ्यांक अनुसार नगर क्षेत्रमा रहेका १ सय ३ वटा सहकारीमध्ये ३२ वटा सहकारी समस्यामा छन् । तीमध्ये अधिकांस कारोवार नगरेका, मर्ज गर्नुपर्ने अवस्था भएका बढी छन् । नगरपालिकाले तत्काल तिनीहरुलाई मर्जको अभियानमा लैजाने तयारी गरेको समेत कंडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->