पोखरा / अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा प्रहरीले पोखराबाट उपकरणसहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान अहमद खानलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उनीहरुको साथबाट भीओआईपी पोर्ट २ वटा, वर्ल्डलिंक राउटर एउटा, एनसेलका प्रयोग नभएका सिम २०९ वटा बरामद गरिएको छ ।





