बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तस्बिरमा हेर्नुस् मगर एकता दिवसको रौनक

तस्बिरमा हेर्नुस् मगर एकता दिवसको रौनक


  • रामकृष्ण बोहरा
  • फाल्गुन १५ २०८०, मंगलबार

बागलुङ/देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको छ ।

लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन दिवसले महत्वपूर्ण भूमिका खेलेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशत हो ।

मगर दिवसको अवसरमा मगर बाहुन्य रहेका पालिकाले सार्वजनिक बिदा दिएका छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आईएको छ ।

मगर दिवसको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिती बागलुङले पाँच दिवस कार्यक्रमको आयोजना गरेको छ । मगर दिवसको दिन साँस्कृतिक झाँकी प्रर्दशनसहित मुल समारोह आयोजना गरिएको संघका अध्यक्ष श्याम बहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->