बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सवै कम्युनिष्ट अटाउन सक्ने पार्टी एमालेः उपमहासचिव गुरुङ

सवै कम्युनिष्ट अटाउन सक्ने पार्टी एमालेः उपमहासचिव गुरुङ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८०, मंगलबार

नवलपुर / नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सवै कम्युनिष्ट नेता कार्यकर्ता र शुभचिन्तक अट्न कम्युनिष्ट पार्टी एमाले मात्रै भएको दावी गरेका छन् ।

नवलपुरको कावासोतीमा एकिकृत समाजवादी परित्याग गरि एमालेमा फर्किएका जिल्ला अध्यक्ष सहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उपमहासचिव गुरुङले एमाले मात्रै सबै कम्युनिष्ट बस्न सक्ने पार्टी भएको बताए ।

‘अहिले पनि जनता कुन पार्टी असल कम्यनिष्ट हो भनेर अलमलमा छन्, भ्रमामा छन्, समाजवाद स्थापना गर्ने हो भने, समाजवादको सहि नीति सिद्धान्त र बिचार बोकेको पार्टी एमाले हो, सारा कम्युनिष्ट अट्न सक्ने, सबैजना बस्न सक्ने पार्टी एमाले हो, अहिलेको सुपात्र एमाले मात्रै हो ।’

कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले क्रान्ति सम्पन्न भएर सामान्तवाद, राजतन्त्र सकिएपनि मुलुक अझै पनि पूर्ण स्वतन्त्र, पूर्ण स्वाधिन हुन नसकेको उल्लेख गरे । पाँच हजार छ सय वर्ग किलोमिटर जमिन अझैपनि अतिक्रमणकारीको कब्जामा रहेको र असमान सन्धीको पञ्जा रहिरहेको बताउँदै यसबाट मुक्त गराउने पात्र भनेकै एमाले भएको बताए ।

‘कांग्रेसले स्वाधिनताको पक्षमा कहिल्लै बोलेको छैन, हाम्रो स्वाधिनता मिच्न चाहनेको दलाली गरेर बसेका छन । माओवादीले राष्ट्रिय स्वाधिनताको मुद्धा छोड्यो, राष्ट्रिय आत्मसमर्पणबादको नीति लियो त्यसकारण अब एमालेमात्रै स्वाधिनताको पक्षमा रहेको पार्टी हो’ उप महासचिव गुरुङले भने ।

उपमहासचिव गुरुङले नेपालमा समाजवाद ल्याउन, शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिको रक्षा गरेर शक्ति संचय गर्दै जान मुलुकका सबै कम्युनिष्टहरु, सबै देशभक्तहरु एमालेमा आउनुको बिकल्प नभएको समेत बताए ।

लोकतन्त्रको रक्षा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उपमहासचिव गुरुङले भने, ‘ हामीले भनेका छौं प्रचण्ड कमरेडहरुलाई, माधव कमरेडहरुलाई तपाईहरु नेपाली काङ्गे्रस जसको उदेश्य दलाल पुजीको संरक्षण गर्ने हो, जसको उद्येश्य आफ्नो स्वार्थ सिद्धगर्न देशलाई दाउमा राख्ने नीति छ, त्यस्तोको काधमा बसेर तपाईले समाजवाद ल्याउनसक्नुहुन्छ। स्थाधिनताको कोणबाट, समाजवादको कोणबाट ,कम्युनिष्टको कोणबाट होस या लोकतन्त्रको कोणबाट हेर्दा एमालेनै सच्चा पार्टी हो ।’

जिल्ला अध्यक्ष सहित दर्जनौं एमाले प्रवेश

नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटिको आयोजनामा घरफर्क अभियान अन्तरगत नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन ।

नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटिी सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुत्येल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कँडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटी सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन ।

त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल सहित डनु गिरी, टिकाराम पाण्डे, कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन । गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य शालिकराम भट्टराई र डा. गोपाल खनाल पाटी केन्द्रिय कार्यालय पुगी पाटी अध्यक्ष केपि शर्मा ओलीको हातबाट टिका ग्रहणगरी एमाले प्रवेश गरेका थिए ।

पछिल्लो समय नेकपा एसका नेता कार्यकर्ता एमालेमा फर्किने क्रम बढ्दो छ । केही महिना पहिला मात्र नेकपा एकीकृत समाजवादी पाटीका कार्यालय सचिव एवम् प्रचार विभाग प्रमुख सहितको टोली एमाले फर्किएको थियो ।

पुरानै घर फर्किएकाहरुले एमालेबाट विभाजन हुनुको औचित्य पुष्टी गर्न नसकेको भन्दै पुरानै घर फर्किएको बताए । उनले जनताको पाटी र बैचारिक कम्युनिष्ट पार्टी नेकपा एमाले मात्र रहेको बताएको जिल्ला प्रचार विभाग प्रमुख सागर पोखरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->