शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रामदनी धाम, जहाँ लासलाई भिजेर जल्नुपर्दछ 

रामदनी धाम, जहाँ लासलाई भिजेर जल्नुपर्दछ 


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार
पानीले भिज्दै शब जलाउदै मलामी र ढुङगाको चेप तथा त्रिपाल टागेर बस्दै मृतकका परिवार । तस्वीर: अर्जुन काफ्ले/ढोरपाटन
स्याङ्जा / गण्डकी र लुम्बिनी प्रदेशको संगम स्थल रामनदी धार्मिक पर्यटकिय हिसाबले परिचित रहेको छ । गल्याङनगरपालिका-१ स्याङ्जा र बगनासकाली गाउँपालिका-५ रहेको छ रामदनी धाम ।
रामनदी धार्मिक पर्यटकिय हिसाबले जति प्रख्यात छ, त्यो भन्दा बढि शबदाहको लागि समेत परिचित रहेको छ । शबदाहको लागि दैनिक खाली नरहने यहाँ ब्यवस्थित शबदाह गृहको नुहदाँ सबैको ठुलो समस्या बनेको छ ।
पाल्पा क्षेत्रमासामान्य दशदाह गर्ने ठाउँ बनाउने प्रयास गरेरपनि  स्याङ्जा क्षेत्रमा कुनै प्रयास हुन नसकेको हो । कालिगण्डकीको किनारमा गरिने शबदाह पानी पर्दा वा बर्षामा भने भिजी÷भिजी र शब नै भिजाएर जलाउनुपने बाध्यता रहेको छ ।
पुतलीबजार नगरपालिका १ का नबिन अर्यालले सबै क्षेत्रबाट परिचित रामनदीमा शब दाहको समस्या रहेको र बनाउन सबैको चाँसो जानुपर्ने बताए । उनले हजुर आामाको दाहसंस्कारको लागि रामनदीमा पानी परेको र भिजेर भएपनि बैद्धिक कर्म गर्नु परेको बताए ।
सामान्य बनाएको बाटो समेत बर्षाको बाढिले बगाएको बताउदै अर्यालले उचित ब्यवस्थापन नहुदाँ दाहसस्कारका कारण कालिगण्डकी छेउँ समेत दुर्घन्धित रहेको बताए ।
यहाँ पानीले आँगो निभेपछि जलाउदै गरेको शब गण्डकीमै यसै हुत्यार हिडनुपर्ने बाध्यता मलामीलाई रहेको छ ।
राामनदी घाटको ब्यवस्थापन यहाँको सस्ककृत गुरुकुलमेले जिम्मवारी लिएर काम गरेको बताउदै गुरुकुलमका प्रमुख कृष्ण बस्यालले सबै क्षेत्रबाट ध्यान नपुगेको बताए । बिगतमा थोरै शब दाहको लागि ल्याउने गरेको बताउदै बस्यालले यहाँ बैद्धिक संस्कार गरे मुक्ति पाउने हिसाबले बढ्दै गएको बताए ।
अहिलको घाट भन्दा २५ मटिर उत्तर तर्र्फ उचाईमा रहेको ढुङगालाई आधार बनाएर शबदाह गृह बनाउनुपर्ने र गण्डकी जति ठुलो भएर आएपनि केहि नहुने बस्यालको भनाई थियो ।
शबदाह स्थलको ब्यवस्थित नहृदाँ यहाँ आउने आफन्त गुमाएका परिवार र मलामी नदि नजिकै रहेका ढुङगाको चेप र त्रिपाल टागेर बस्नुपर्ने बाध्यता रहेको छ ।  यहाँ गत बर्ष ९६१ वटा शब घाटमा जलाइएको बताउदै बस्यालले यस आर्थिक बर्षमा ६५३ वटा शबदाहस्कार गरेको बताए ।
घाटमा बर्षिक यो भन्दा बढि दाहसस्कार हुने गरेको र धार्मिक परम्परा अनुसार जमिनमुनि गाड्नेको संख्याको तथ्याङक यहाँ नरहेको हो । यहाँ स्याङ्जाका भिरकोट, गल्याङ, पुतलीबजार, वालिङ नगरपालिका र कालिगण्डकी, तथा अर्जुन चौपारी गाउँपालिकाबाट मुख्य गरेर शब दाहको लागि आउने गर्दछन् भने स्याङ्जाबाट बसाई सरेर पाल्पा र रुपन्देही पुगेकाले पनि ल्याउने गर्दछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->