सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बजेट नभएपछि अपुरो बन्यो रंगशालास्थित भीआईपी सेक्सन

बजेट नभएपछि अपुरो बन्यो रंगशालास्थित भीआईपी सेक्सन

योजना रोकिदाँ पोखराले आगामी २०२७ मा हुने आइसिसी महिला यु१९ विश्वकप समेत गुमाउने देखिएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०८०, बुधबार

पोखरा / क्रिकेट मैदानमा निर्माणाधीन भीआईपी सेक्सन बजेट अपुग भएपछि बिचमै रोकिने भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भ्याटसहित एक करोड ४६ लाखमा निर्माण सुरु भएको उक्त संरचना आधामै रोकिने निश्चित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को गुरु योजना अनुसार निर्माण सुरु गरिएको भीआईपी सेक्सन सानो टुक्रा मात्र हो । पहिलो चरण अन्तरगर्त भीआईपी सेक्सन बनाउने योजना थियो । उक्त योजना अनुसार ग्राउन्ड फ्लोर मटिङ, फस्ट फ्लोर चेन्जिङ रुम लगायत संरचना बनाउने भएतापनि त्यहाँ ढलान गर्नु बाहेक अन्य काम भएको छैन् । उक्त योजना रोकिदाँ पोखराले आगामी २०२७ मा हुने आइसिसी महिला यु१९ विश्वकप समेत गुमाउने देखिएको छ ।

राखेपको योजना बिचमै रोकिदाँ पोखरालाई ठूलो घाटा लाग्ने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको अभाव खट्किरहँदा बन्न लागेको संरचना नबन्दा दुःख लागेको उनले सुनाए ।

‘अहिले भीआपी सेक्सन बन्न लागेको छ । त्यो पनि पुरा हुने स्थिति छैन’ उनले भने, ‘आगमी वर्ष सम्झौता नभएका योजना कटौती गर्ने भन्ने कुरा छ । त्यस कारण पनि आगामी बजेटमा यो बन्ने छाटँ छैन ।’ सिग्देलका अनुसार राखेपको योजनामा कस्तो बन्ने र केके बन्ने भन्ने कुराको जानकारी समेत प्रदेश र जिल्लालाई छैन । नेपाल क्रिकेट संघ (क्यान) यु१९ विश्वकपका लागि मिसन २०२७ लिएर सात वटै प्रदेशमा जाँदै छ ।

क्यानले प्रतियोगिता कहाँ गराउने भन्ने योजना बुनिरहँदा त्यसमा पोखराको पनि नाम जोडिएको छ । पोखरामा विश्वकप गराउन क्रिकेट आवद्ध संघहरु लागिरहेपनि पूर्वाधारमा चुक्नु परेको छ । पोखरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसर खेर जाने निश्चित छ ।

‘आगामी २०२७ को यु१९ विश्वकप महिला क्रिकेटका लागि हामीले पनि पहल गरिरहेका छौं । तर, संरचना अभावले हामीले गुमाउने निश्चित जस्तै भएको छ ।’ पोखराको क्रिकेट पिच उत्कृष्ट पिच मध्येको एक हो तर, संरचना नहुँदा ठूला प्रतियोगिता गुमाउँदै आइरहेको छ ।

पोखराको क्रिकेट रंगशाला राखेपबाट उपेक्षित हुँदै आइरहेको छ । यस अघि समेत पोखरा क्रिकेट मैदानका लागि राखेपले बजेट दिने गरेको छैन् । यद्यपी गुरु योजना अघि सारेपनि त्यसलाई पूर्णता दिन भने दशकौं कुर्नुपर्ने स्थिति देखा परेको छ । पोखरा क्रिकेट मैदानमा पिच बाहेक अन्य संरचना केहि छैन । यदि भीआईपी सेक्सन बनेको खण्डमा यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गर्न योग्य हुनेछ । भीआईपी सेक्सनमा खेलाडी चेन्जीङ रुम, भीआईपी कक्ष, अम्पाएर कक्ष, मिडिया सेन्टर लगायतको संरचना हुनेछन् ।

यसका लागि प्रदेश र स्थानीय तहले सोच्नुपर्ने सिग्देल सुनाउँछन । सिग्देलका अनुसार भरतपुर महानगरले २०२७ को विश्वकप गराउने योजना बनाइरहेको छ । योजनाका लागि मेयर नै अग्रसर भएपनि गण्डकीमा त्यसो नभएको भनाई राख्छन ।

‘हामीलाई अरु केहि पनि चाहिएको छैन । मात्र पिन्थ लेबल, प्लेयर बक्स, अम्पाएर, भीआईपी र मिडिया सेन्टर भए पुग्छ । यसका लागि स्थानीय तहले पनि पहल गर्न सक्छ भन्ने कुरा भरतपुरले देखाएको छ’ उनले सुनाए, ‘पोखराको ग्राउन्ड राम्रो हुँदाहुँदै पनि हामीले केहि गर्न सक्ने स्थिति छैन । समय छ यसका लागि प्रदेश र महानगरले कदम चालोस भन्ने हाम्रो आशा हो ।’

हाल निर्माण हुन लागेको भीआईपी सेक्नको टेन्डर गत २४ जेठमा अटुट इन्जिनियरिङ काठमाडौंले प्राप्त गरेको हो । एक करोड ४६ लाख रुपैयाँ सम्झौता अनुसार सुरुवातमा पिलर हाल्नेसम्मका काम भएपनि हाल पहिलो तलासम्मका लािग ढलान गर्ने काम भइरहेको छ ।

एक इन्जिनियरका अनुसार त्यहाँ खेलाडीका लागि मात्रै संरचना बन्नेछ । ‘यो खेलाडीको पोर्सनमात्र हो । यहाँ खेलाडीका लागि भिआईपी सेक्सन क्रिकेट मास्टर प्लान अनुसार बनिरहेको छ । खेलाडी चेन्जिङ रुम भएकाले अन्य बन्दै पहिलो तला ढलान गरेर सक्ने योजनामा हामी रहेका छौं ।’ उनले भने । उक्त भीआईपी सेक्सन सम्पन्न गर्न करिब एक करोड ७६ लाख रुपैयाँ लाग्ने ती इन्जिनियरले बताए ।

हाल बन्न लागेको भीआईपी सेक्सनमा टफमा मिडिया सेन्टर रहनेछ । यस्तै दुई भागमा खेलाडीहरुका लागि चेन्जिङ रुम र बिचमा भीआईपीका लागि बस्न मिल्ने संरचना रहनेछ । त्यतिमात्र होइन गण्डकी प्रदेशले आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउका लागि जग्गा खोजी गरिरहेको छ । गण्डकीले डिपीआर तयार गरिसकेपनि जग्गा अभावमा मैदान बनाउ सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->