मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बुख्याचा राजनीति, भ्याटिकन मिसनको प्रयोगशाला

बुख्याचा राजनीति, भ्याटिकन मिसनको प्रयोगशाला


  • काशीराम पौडेल
  • फाल्गुन १६ २०८०, बुधबार

सरल भाषामा देश र जनताको सामाजिक र आर्थिक स्तरलाई उच्चतम् बिन्दुमा पु¥याउन गरिने कुटनैतिक परिवेशलाई राजनीति भनिन्छ । तर ! नेपाली राजनीति उल्लेखित परिवेशभन्दा फरक ब्यक्तिगत लाभ र भ्याटिकनवादको मिसन पुरा गर्ने प्रयोगशालाबाहेक केही देखिदैन । जसरी महेन्द्रसिंह मल्ल र रिद्दिनरसिंह मल्लको समय (बि.स. १७७०÷७१) १८औं शताब्दीमा दक्षिणदेखि उपत्यकामा कुटनैतिक सम्बन्धको रुपमा भित्रिएर छद्म रुपमा इसाई क्याथोलिक चर्च मिसनले नेवारी बौद्ध, हिन्दु सभ्यता मास्ने कार्य गरेको थिए । ठिक त्यसैगरी दक्षिणबाट नै छिरेका बोर्चुगिस्त मिसिनरिले दार्जिलिङमा नेवार गंगा प्रसाद प्रधानलाई प्रयोग गर्दै काठमाडौं उपत्यकाको सभ्यता मास्ने मिसन चलाएको थिए । इसाई मिसिनरि अंग्रेज लेखक जोर्डन कोनविल लेख्छन् । बि.स. १८२४ मा पृथ्वीनारायण शाहले बन्द गराएको मिसन बिपि र पुष्पलालमार्फत इन्डियाको पश्चिम बंगालमा रोपिएको बिद्रोहले प्रभावकारी भुमिका खेलेको थियो ।
प्रजातान्त्रिक उदयसंगै बिपि कांग्रेसले सरकारको तर्फबाट र पुष्पलालले जनमानसमा कम्युनिस्टको नाममा पुर्वी भाग र मध्य नेपालमा इसाई मिसन चलाउन भरपुर मद्दत गरेको थिए । स्मरण रहोस् पुर्वी भुभाग भनेको अहिलेको कोशी र बागमती (किराँत नेवा सभ्यताको जग) र मध्य भुभाग भनेको गण्डकी, लुम्बिनी (नेवा, हिन्दुको जग) भएको स्थल हो । उनी अझै अगाडि लेख्छन्, २०१७ सालको महेन्द्र नीतिले धर्मान्तरणमा कानुनी रुपमै रोक लगाएकोले मिसनमा गम्भीर धक्का लागेको थियोे । उनी क्रमशः लेख्छन् त्यसपछि बहुदलीय व्यवस्थासंगै माओवादी क्रान्तिको समयमा इसाई मिसनको निम्ति माओवादीले भरपुर मद्दत गरेको र उनीहरु धन्यवादको पात्र रहेकोे बताउँछन् । यो कुराको पुष्टि नेपाली इसाई डाक्टर केवि रोकायले पनि पटकपटक भन्दै आएको छन् । २०६४ को चुनावपछि माओवादीको सरकार बनेपछि खुल्ला नीति अपनाएर धर्मान्तरणमा भरपुर टेवा पुर्याएको छ । जसको कारण बिश्वमा धर्मान्तरण हुने कयौं देश छन् । नेपाल देश पहिलो स्थानमा आउँछ । नेपालमा प्रत्येक बर्ष १० प्रतिशतको दरले धर्मान्तरण भएको बिश्व क्रिश्चिनिटीको दस्तावेजले देखाउँछ । जसरी प्रत्यक्ष रुपमा २०५२ सालमा माओवादीका नेतालाई मिसनको निम्ति प्रयोग गरियो । ठिक त्यसैगरी काला अंग्रेज मिसिनरिले बि.पि. र पुष्पलाललाई २० औं शताब्दीमा नेपाली धार्मिक पहिचान मास्न प्रयोग गरेको थिए । जोर्डन कोनविलको भनाइले यो कुराको उजागर गरेको छ ।
बिपिले कांग्रेसको नाममा र पुष्पलालले कम्युनिस्टको नाममा हालेको मिसिनरी जग पद्मरत्न तुलाधर, गोपाल गुरुङ, कपाङ्गीजस्ता विभिन्न व्यक्ती हुँदै अहिले विभिन्न तह र तप्काको नविनतम अवस्थासम्म आइपुगेको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्ने कांग्रेस, कम्युनिस्टको कार्यशैली होस् वा केहि समय अघि संस्कृति मन्त्री सुदन किराँतीले बोलेको वाक्य इसाईले हिन्दुलाई सर्पले भ्यागुता खाएजस्तै बिस्तारै खादैछौ भन्ने परिवेश त्यहीँ नृपेन्द्र चक्रवर्ती र रत्ननाल इन्डियन काला अंग्रेज इसाई मिसिन र बल्लभभाई जगको विम्व हो । राणाले समकालीन शिक्षक पुष्पलाल राणासंग समान हुने आकांक्षाका भुक्तभोगी थिए । राणाले एउटा शिक्षक मानेर व्यबहार गर्दा रिसिवी साधेर इन्डियाको रत्नलालको माध्यमद्वारा विभिन्न चर्चको संगत पश्चात् राष्ट्रिय प्रजा परिषद (कांग्रेस) बिपिसंग सामिपत्य गाँस्न पुगेको थिए । जहाँ पुर्व उल्लेखित मिसन अनुसार नै एकताबद्ध भएको थिए ।
भारतमा अंग्रेज भगाउ आन्दोलनमा सरिक भएको बिपि अंग्रेजले छाडेर भारत स्वतन्त्र भएपछि गृहमन्त्री बनेको बल्लव भाइ पटेल मिसनमा आवद्ध भएपछि राष्ट्रिय कांग्रेस भएर चिनिए । यता पुष्पलाललाई नृपेन्द्रले कृश्चियन एजेन्डा र इन्डियन मिसनको घोलकलाई कम्युनिस्टको पदार्थमा रुपान्तरण गरेपछि उनी एकाएक कम्युनिस्टको संस्थापक भनेर चिनाइए । बि.स. २०३८÷३९ मा फल्कल्याण्ड टापुमा ब्रिटेन र अर्जेन्टिनाको युद्ध हुँदा गोर्खालीलाई युद्धमा मान्छेको मासु खान्छन् भन्ने त्रासपुर्ण सन्देश बिबिसीबाट स्पेनीस भाषामा बारम्बार दिएकै कारण अर्जेन्टिनाले कपटपूर्ण हार ब्यहोरेका थिए । ठिक त्यसैगरी नेपालका कम्युनिस्ट, कांग्रेसले मिसनवादको भारी बोकाएर नेपाल र नेपालीको हितोपकारी राजनीति गर्छौ भन्ने झुट सन्देश फैलाएर भ्याटिकन मिसनको अख्तियारिमा कार्य गर्दै आएका छन् भन्दा गलत हुदैन । भनिन्छ कि बिदेशमा गएर पढ्ने अध्यनशिल हुन्छन ! परन्तुः नेपालका राजनीतिक दलका नेता आफ्नो देशको वास्तविक राजनीतिक उदेश्य बुझ्नुभन्दा लगाम लगाएको घोडा र गोपी कहे पट्टुको शिक्षाले आफ्नो मगज भर्दै बल्लव भाइ पटेल र भ्याटिकन मिसनको निम्ति राजनीतिक खेती गर्दै आएका छन् भन्ने कुरा अहिले सतहमा देखिएको राजनीतिक परिवेशको दृष्टान्त उदाहरण हो ।
मल्लकालिन समयमा छिरेका इसाई उपत्यकाको नेवा संस्कृति, पुर्वको किराँत सभ्यता र पश्चिमको मष्टो संस्कृतिसंगै तन्त्र बिद्या साधना नेपालबाट नष्ट नगरी धर्मान्तरणमा पुर्णतः सफल हुन सकेको थिएनन् । त्यसैले अहिले मिसिनरीले रोपेको बीउ प्रजातान्त्र र बहुदलहुँदै उदाएको गणतन्त्रमार्फत कम्युनिस्टलाई धर्म अफिमको नशा सुघाँएर साथै कांग्रेसलाई राज्य धर्मबिहिन हुनुपर्छ भन्ने नशा दिएर नेपालको सनातन संस्कृति नष्ट गर्ने अभियान चलाएका छन् । मिसिनमार्फत मन्दिर भत्किए, किराँतका तिनचुला भत्किए । लामा, झाँक्री, पुजारी, पंण्डितले त्रासपुर्ण जीवन बाँच्नुपर्यो । बोन, जैन, बौद्ध किराँत, हिन्दु एकताको बन्धुत्वको आँगनमा एकआपसमा युद्ध गर्ने परिवेश सृजना गर्ने मिसिनरी अभियान तीव्र रुपमा चलेको छ । मिसनकै जागिर खाने धार्मिक ब्यक्तीमार्फत नै यो क्रिडा जोडदार रुपले बढाईएको छ । उहिले, पृथ्वीनारायण शाहले पाहुनालाई सत्कारपुर्वक देशमा राख्दा पोर्चुगिस्त (बेलायत राज्य अन्तर्गतका) हरुले नेवा संस्कृति माथी बदनियतपुर्वक लागेको र पुराना आस्थाका बस्तु (मुर्ति, बस्तुकलालगायत) को सामाग्रीको पैठारी गर्दै नेपालमा आक्रमण गर्ने गुप्तचर योजना ब्रिटेनमा प्रबाह गरेको जानकारी पाए । देशमाथी गद्दार गर्नेलाई शरण दिनु मुलुक र जनता माथिको धोका ठानेर उनले गद्दार नेपालीसंगै अंग्रेज पाष्टरलाई चार भञ्ज्याङ कटाएको थिए । त्यै शर्मनाक बदला लिनकै निम्ति नेपालमा कम्युनिस्ट, कांग्रेसमार्फत भ्याटिकन मिसन खेल्न पुगेको छ । जसकारण माओवादीले शान्ति स्थापना पछि सबैभन्दा पहिला पृथ्वीनारायण शाहसंगै महेन्द्रको शालिकमा आक्रमण गरेको थियो । कांग्रेसले आफ्नो समयमा महेन्द्रको हत्यामा तराईको युवा खटाएको थियो । अहिले कम्युनिस्ट–कांग्रेसले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह र सार्बभौमसत्ता देश जोगाएर औद्योगिक क्रान्ती, सामाजिक र आर्थिक बिकास गर्ने महेन्द्रलाई सक्तोसराप गर्दै मिसनको जागिर खाएका छन् ।
विभिन्न आवरणमा पार्टी खोले पनि एउटै मिसनको उत्पादन हुन् । पश्चिम बंगाल हुँदै जोडिएको यिनको मिसन प्रजातान्त्रिक होस् वा जनक्रान्तीको वा अहिले सरकारमा संगै रहेर होस मिसन पूरा गर्ने बिदेशीको हितकारी राजनीति गर्नु दायित्व निर्वाह गर्दैछन् । यावत कुराको पुष्टि इन्डियन रअ र अमेरिकन सिआइएहरुको लेखले प्रमाण दिएका छन् । यो तथ्यले के पनि पुष्टि गर्दछ भने नेपाली कम्युनिस्ट र कांग्रेसले व्यक्तिगत स्वार्थमा देश र जनताको अस्तित्व सक्न एक निमेष पनि सोच्दैनन् । त्यसैले यी पार्टीका नेताले नेपाली जनतालाई नागरिक बनाउने कुनै राजनीति गर्दैन । गर्छन् त नागरिकलाई मात्र कार्यकर्ता बनाउने राजनीति ! स्मरण रहोस, २०१७ सालमा राजा महेन्द्रले शासन हातमा लिँदा मिसनको नीति अख्तियार गर्नेहरु इन्डियाको बेतिया, दरभंगमा शरण लिन पुगे । महेन्द्रले एक सार्वभौम देशको कार्यनीति अख्तियार गर्दै विकासका योजना, कलकारखाना स्थापित गर्न थाल्दा पुष्पलाल कम्युनिस्ट र बिपि कांग्रेसमा आवद्ध व्यक्तिले इन्डियाको रक्सौल, बेतिया, दरभंगमा नेपाली झण्डा र नेपाली शिरको टोपी जलाएका थिए ।
मिसनले जन्माएका पात्रहरू अहिले विभिन्न तह र तप्कामा छद्मभेषी कार्य गर्दै आएका छन् । केहि कांग्रेसमा, कोहि एमालेमा, कोहि समाजवादी, कोहि माओवादीमा, कोहि मधेसवादीमा, कोहि मंगोल बनेर त कोहि दलित अभियान्ता, कोहि मष्टो अभियान्ता त, कोहि बौद्ध हिन्दु एकै हैनन्, बुद्ध भगवान हैनन् भन्ने अभियानका प्रवक्ता भएर, कोहि प्रगतिशील लेखक बनेर समजामा मिसनलाई ब्यापकता दिएका छन् । शुरूवाती चरणमा भ्याटिकन मिसन भएपनि अहिले कोरियन र खाडी पनि मिसन ब्याप्त छ । यहीँ मिसनमा आबद्ध नेताहरू सनातन संस्कृतिलाई निमिट्यान्न पार्न जुनकुनै हद पार्न गर्न सक्छन् । निर्वाचन क्षेत्रमा राज्यको बजेट नै छुट्याएर चर्च निर्माणका निम्ति दिलोज्यान दिएर लागेको कार्यले पनि प्रमाणीकरण गर्छ । इन्डियन, पश्चिमीहरु आफ्नो देशमा कम्युनिस्टको नामो निसान राख्न चाहादैनन् । खासगरी पश्चिमाहरु आफ्नो देशमा देशविरुद्ध आफुले मान्ने धर्मको विरुद्धको कार्य सोच्नै सक्दैनन् । तर तिनै पश्चिमीहरु हाम्रो नेपालमा कम्युनिस्ट, कांग्रेसको राजनीतिक नाममा आतंकवाद र इसाईको मिसन चलाउन आर्थिक, कुटनैतिक रुपमा लाग्छन् ? साँच्चिकै नेपाली कम्युनिस्टले के खान्छन् । चिन, उत्तर कोरिया कट्टर कम्युनिस्ट भएर पनि किन भ्याटिकन इसाईको चर्चमाथी डोजर लगाउदै छन् ? रसिया कम्युनिस्टको उद्गम भुमी इसाईस्थल भएर पनि आफ्नो मौलिकताभन्दा बाहिर जाने पश्चिमी भ्याटिकन अनुसार चल्ने इसाईलाई बन्देज लगाउदै छ ? कम्युनिस्टको नाम भजाउनेले यो कुराको हेक्का राखेर नेपालको अवस्था देख्दा लाज लाग्नुपर्छ कि पर्दैन ? कम्युनिस्टको असली राजनीति गरेको हुन्थे भने सनातन धर्म अफिम भन्दै मान्दै आएको आस्थाको केन्द्र भत्काउने आस्था राख्नेलाई कारबाही गर्दै नेपालीको हात हातमा बाइबल पुर्याउन, चर्च खोल्न किन मरिहत्ते गर्थे होला ? यदि धर्म अफिम नै हो भने मन्दिर भत्काउनेले अहिले धर्मान्तरणको ब्याप्तता रोक्दै चर्च भत्काउने अभियान किन चलाउदैनन ?
हिजोको दिनमा पशुपति उखेल्नु पर्छ भन्ने बिपि र आजको दिनमा माओवादीले गरेको कार्यको तात्पर्य एकै मिसन हो । कांग्रेसको युवा नेताले चुनावी माहोलमा चर्च पुगेर आशीर्वाद लिएको र जितेपछि बधाई थाप्न पाष्टरको सामीप्यमा पुगेको सन्दर्भ होस् वा कृष्ण सिटौलाले संविधान सभामा खेलेको भुमिका एकै कडीको साङ्लो हो । बिदेशी भुमिमा प्रशिक्षण लिएर बिदेशीकै मिसनमा कार्य गर्नेले नेपालमा कस्को निम्ति र के–को लागि राजनीतिको ढवाङ्ग पिटेको हो ? यी यावत प्रश्नले मेरो मानसपटलमा ज्वारभाटा ल्याउँछ । अरु देशमा कम्युनिस्ट, कांग्रेस हुन के गर्नुपर्छ थाहा छैन । तर नेपालमा चाहिँ बिदेशीको पैसाको निम्ति भ्याटिकन हितोपकार कार्यमा हिंड्नुपर्छ । भारतिय, युरोपेली अमेरिकी दूतावासको आदेशमा सरकार चलाउनुपर्छ । उनीहरुको मिसनको नीति अख्तियार गर्नुपर्छ । अझै स्पष्ट रुपमा भन्नुपर्दा नेपाली नेतामा बिदेशभक्ती प्रखर हुनुपर्छ । कार्यकर्तामा नेताभक्ती प्रचुर हुनुपर्छ ।
जय मातृभुमी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->