बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिक्रि प्रतिनिधि संघको अध्यक्षमा गौतम

बिक्रि प्रतिनिधि संघको अध्यक्षमा गौतम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८०, बिहिबार

बागलुङ/ नेपाल बजार बिक्रि प्रतिनिधि संघ धौलागिरी इकाइको प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा आशोक रेग्मी र कोषध्यक्षमा हरि प्रसाद पौडेल चयन भएका छन् । सदस्यहरुमा बिनोद सुवेदी, जयन्द्र प्रसाद उपाध्याय, पुस्कर थापाकाजी, महेश्वर आचार्य , सन्तोष गौतम, राजन आचार्य र राम पन्त चयन भएका छन् ।

स्वतन्त्र ट्रेड युनियनमा दर्ता भएपछि इकाईको पहिलो अधिबेशन भएको हो । अधिबेशनमा निवर्तमान अध्यक्ष रामजी सुवेदी, केन्द्रिय उपाध्यक्ष गोपाल सापकोटा, कोषाध्यक्ष सूर्य बराल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->