बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सरकारले सहकारीलाई अपराधीको रुपमा चित्रण गर्नु गलत : अध्यक्ष ढकाल

सरकारले सहकारीलाई अपराधीको रुपमा चित्रण गर्नु गलत : अध्यक्ष ढकाल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०८०, शुक्रबार

बागलुङ/केही सहकारीमा देखिएको समस्यालाई लिएर देशभर सहकारीले गरेका कामलाई गलत ठान्नु दुर्भाग्य भएको सहकारी अभियन्ताहरुले बताएका छन् । देश संघीय संरचनामा प्रबेश गरेपछि चार बर्षसम्म सहकारी स्वनियमनको भरमा रहँदा केहीमा समस्या आएको भएपनि सबैलाई एउटै डालोमा राख्नु गलत हुने उनीहरुको धारणा थियो ।

बचत तथा ऋण सहकारी महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा स्वनियमनको सिद्धान्त भजाएर नियमनकारी निकाय पन्छिन खोज्दा समस्या उत्पन्न भएको बताए । सरकारले सहकारीलाई उत्कृष्ट करदाताको सट्टा अपराधीका रुपमा चित्रण गर्न खोज्नु गलत भएको उनको धारणा थियो ।

‘कतिपय सञ्चालकले सहकारीलाई आफ्नो व्यवसाय सञ्चालनको स्रोत बनाए, त्यसमा सरकारले ध्यान दिएन्’ ढकालले भने ‘सरकारले नै बनाएका ऐन नियम कानून मानेर चलेका सहकारीलाई पनि उनीहरु जस्तै ठान्नु भएन् ।’ सहकारी खराब हुन् भन्ने भाष्य निर्माण गर्न सरकार समेत सहयोगी बनेको बताए ।

‘अहिले गलत गरेका सहकारी सञ्चालकहरु रातभर सुतेका छैनन्, उनीहरु अनिदो हुँदा बचतकर्ताको टाउको दुखेको छ’ ढकालले भने ‘केन्द्रमा दर्ता गरेर देशभर शाखा चलाउनेले पैसा उठाउँदा मख्ख परेर पैसा दिनेहरु पनि गलत हुन् ।’

महासंघका लेखा समिति संयोजक इन्द्रराज ज्योती पौडेलले सहकारी क्षेत्रमा राजनीति हाबी भएका कारण समस्या आएको तर्क गरे । कानून बनाउने आँफै, उपभोक्ता पनि आँफै हुँदा आफु अनुकुल कानून बनाउनेहरुले कतिपय सहकारीमा समस्या ल्याएको पौडेलले बताए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डि प्रसाद शर्माले सहकारीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने बताए । शेयर सदस्य जिम्मेबार बन्ने, सञ्चालक जवाफदेहि बन्दा सहकारीमा समस्या समाधान हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->