बागलुङ/ अमर आदर्श आवसिय माध्यमिक विद्यालयले सञ्चालन गरेको माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयमा हाजिर जवाफ प्रतियोगिता शनिवार समपन्न भएको छ ।
प्रतियोगितामा आदर्श विद्यामन्दिर आवसिय मावि प्रथम, चिल्ड्रने लाईफ वोर्डिङ स्कुल द्धितिय, गणेश माध्यमिक विद्यालय तृतिय भएका छन् । आयोजक अमर आर्दश आवसिय मावि र रुद्रेपिपल माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी २० विद्यालयवाट ७ राउण्ड सञ्चालन गरी उत्कृष्ट १० टीमलाई फाइनलमा सहभागी गराइएको विद्यालयको सहप्राचार्य कमल पन्तले वताए ।
प्रतियोगितामा प्रथम आदर्श विद्यामन्दिरलाई नगद रु. ६ हजार, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितिय चिल्ड्रेन लाईफलाई नगद रु. ४ हजार, ट्रफी, मेडल र प्रमाण पत्र, तृतिय गणेश माविलाई नगद रु. ३ हजार, ट्रफी, मेडल र प्रमाण पत्र तथा सान्त्वना अमर आदर्श र रुद्रेपिपल माविलाई नगद रु. १ हजार र प्रमाण पत्र विद्यालयका संस्थापक अध्यक्ष विजयराज पन्तले प्रदान गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले विधार्थीलाई विज्ञानप्रति रुची बढाउन र उनीहरुको क्षमता अभिवृद्धिका लागि यस किसिमका प्रतियोगिता महत्वपूर्ण हुने वताए ।
संस्थापक अध्यक्ष बिजयराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याब्सनका केन्द्रिय सदस्य वालकृष्ण शर्माले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल हेमन्त थापाले स्वागत मन्तब्य र कार्यक्रम संयोजक डम्वरसिंह खत्रीले प्रतियोगिताको उदेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहप्राचार्य कमल पन्तले गरेका थिए ।





