बागलुङ/लघुवित्तबारे फैलिएका भ्रम चिर्ने उदेश्यले उन्नति सहकार्य लघुवित्त नारायणस्थान शाखाद्वारा बागलुङ नगरपालिका वडा नं. १३ नारायणस्थानमा शनिबार जनतासंग उन्नती कार्यक्रम सम्पन्न भएको छ ।
संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा लघुवित्तको महत्व र कर्जाबारे जानकारी गराइएको थियो । उन्नति सहकार्य लघुवित्तका बागलुङ कलस्टर प्रमुख विजय क्षेत्रीले लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्दै ऋण नतिर्दा पर्नसक्ने असरबारे कार्यक्रममा जानकारी गराएका थिए ।
‘लघुवित्तहरूले देशको गरिबी घटाउन योगदान गरेका छन्, पछिल्लो समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको छ’ क्षेत्रीले भने, ‘यस्ता भ्रमको पछि लाग्नुहुदैन, लघुवित्त विपन्न र मध्यम आय भएका नागरिकको प्रगतिका सारथी हुन् ।’





