बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लिटिल स्टेपमा पुरस्कार वितरण तथा अभिमुखीकरण

लिटिल स्टेपमा पुरस्कार वितरण तथा अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८०, मंगलबार

पोखरा/लिटिल स्टेप माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित सामाजिक अध्ययन एवम् विज्ञान प्रदर्शनीमा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
पोखरा लिङ्कन इन्टरनेशनल कलेज एवम् लिटिल स्टेप माध्यमिक विद्यालयका संस्थापक तथा व्यवस्थापन समिति पूर्वअध्यक्ष शेरबहादुर गुरूङ र संस्थापक प्राचार्य पम्फा गुरुङले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा सिइओ अनिलकुमार अर्याल, मावि संयोजक विनोद गिरी लगायत सम्पूर्ण शिक्षकगण एवम् विद्यार्थीहरुको उपस्थिति थियो ।
वार्षिकोत्सवमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, व्यवस्थापन समिति अध्यक्ष सञ्जीव उधास, पूर्वअध्यक्ष शेरबहादुर गुरुङ, प्राचार्य श्रीमती पम्फा गुरुङलगायत उपस्थितिमा प्रदर्शनी भएको थियो । त्यस्तै स्काउट गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->