पोखरा/पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी ब्यहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ ।
महानगरले ६० हजार ४४१ किलोाम च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरेको आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले बताए । पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको उनको भनाइ छ ।
महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ ।
चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० प्राप्त गरेका छन् । भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको .३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको ३ लाख १७ हजार ४४, ग्रिनलाई मसरुम फार्म पोखरा २४ का चोविन्द्रबहादुर कुँवरले ३ लाख १ हजार ७४० पाएका छन् ।
सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको ३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्रबहादुर थापाले ५ हजार २२५ केजी च्याउको १ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको १ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ का मिना अधिकारीले २ हजार ७२४ केजी च्याउको ८३ हजार ४४४ र वि.मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको ४९ हजार ६०० समर्थन मूल्य बापत पाएकी छन् ।
यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको ६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको ६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको ३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको २३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको २ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको १५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको ८ हजार ७३० बुझेका छन् ।
कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताए । समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले ब्यहोर्नुपरेको नोक्सानीमा महानगरले मल्हम लगाएको बताए ।




