बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पूर्वाधार निर्माणका लागि पूर्वविद्यार्थी गुहार्दै राष्ट्रिय मावि

पूर्वाधार निर्माणका लागि पूर्वविद्यार्थी गुहार्दै राष्ट्रिय मावि


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

पोखरा/पोखरा महानगरपालिका १ टुडिँखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालयले पूर्वाधार निर्माणका लागि पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विद्यालयले आफ्नो हीरक जयन्ती मनाउँदै गर्दा विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुलाई एक गरेर विद्यालयमा भौतिक निर्माण गर्न लागेको हो ।
आगामी बैशाख ८ गते विद्यालयमा पुर्नमिलन कार्यक्रम आयोजना गरिने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालय प्रधानध्यापक इश्वरीप्रसाद सापकोटाले विभिन्न ६ उदेश्यका साथ पुनर्मिलन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार पनर्मिलनपश्चात विद्यालयमा मुल प्रवशद्धार निर्माण, विद्यलाय मञ्च निर्माण, हीरक स्मारक स्तम्भ, प्रशासनिक भवन निर्माण, शौचालय र ई–लाइब्रेरी निर्माण गर्ने उदेश्य राखेको छ ।
‘हामीले पुनर्मिलन गर्नुको पछाडी कारण छ । विद्यालयमा पढेर विभिन्न स्थानमा सफलता हासिल गरेका र सामाजिक कार्यमा लागेकाहरुले यसमा सहयोग गर्ने अपेक्षा हाम्रो छ । तर, सहयोग मात्र नभइ हामी यस विद्यालयको इतिहासालई तथ्यांक अध्यावधिक गर्ने समेत रहेको छ,’ उनले भने, ‘यसले आफू पढेको विद्यालयप्रति भावनात्मक सम्बन्ध प्रगाढ बनाउने विश्वास पनि लिएका छौं । त्यहाँ आउने पूर्वविद्यार्थीहरुलाई हामी भौतिक संरचनादेखि आर्थिक स्थितिको समेत जानकारी दिनेछौं ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले पर्नमिलन कार्यक्रम सफल बनाउन विभिन्न समिति समेत गठन गरेको सुनाए । उनका अनुसार पूर्वविद्यार्थी वसन्तराज अधिकारीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । कार्यक्रममा पूर्वविद्यार्थी, पूर्व शिक्षक÷कर्मचारी, व्यवस्थापन समिति र अभिभावक संघ, जग्गादाता, चन्दादाता तथा अक्षयकोषदाता गरी करिब एक हजार आठ सय जनाको उपस्थिति र करिब १३ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->