शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कृत्रिम खुट्टाकी सबल प्रशासक लक्ष्मी राना

कृत्रिम खुट्टाकी सबल प्रशासक लक्ष्मी राना


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

पोखरा / गोरखाको सहिद लखन गाउँपालिका-७ की लक्ष्मी राना साङ्गजस्ती देखिए पनि उनको देब्रे खुट्टामा कृत्रिम खुट्टा राखिएको छ। ३१ वर्षीय लक्ष्मी दुई वर्ष हुँदा आगोले पोलिएर अपाङ्ग बन्न पुगेकी थिइन्।

गोरखाको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनले राष्ट्रिय अपाङ्ग कोषमा स्वयंसेवकको काम सुरु गरिन्। त्यही बेला आफ्ना बुबा धर्तीबाट बिदा भए। आमा पूर्णकुमारीको साथ र हौसलाले जीवनका उकाली चढ्न मद्दत गर्‍यो।

स्वयंसेवी काम गर्दैगर्दा खुला प्रतिस्पर्धाबाटै १३ वर्षअगाडि समाज कल्याण परिषद्अन्तर्गतको कोषमा तथ्यांक अधिकृतमा स्थायी जागिरे बनिन्।

उनले अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री कृत्रिम हातखुट्टा र डिभाइसहरू कसरी प्राप्त गर्ने र दैनिकीलाई कसरी सहज पार्नेजस्ता विषयमा अपाङ्गता भएका व्यक्तिलाई जानकारी दिने एवम् सामग्री प्राप्त गर्न समेत सहजीकरण गर्दै आएकी छन्।

उनी त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागबाट विद्यावारिधि अध्ययनरत छिन्। ‘अपाङ्गता भएका व्यक्तिका लागि जीवन चलाउन शिक्षा, ज्ञान र सिप पनि चाहिने रहेछ’ भन्ने विचार राख्ने लक्ष्मी कानुन विषयकी स्नातक हुन्। उनी भविष्यमा अपाङ्गता भएकाको अधिकार रक्षा गर्दै न्यायमा सहज पहुँच बढाउने योजनामा छिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->