बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपप्रमुखको ताला

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उपप्रमुखको ताला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २५ २०८०, शुक्रबार

गोरखा / नेपाली कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

१३ औं नगरसभामा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै नगर उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहिवार ताला लगाएका हुन् ।

उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरू माथि छलफल नगराएकोले प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति आपत्ति जनाउदै ताल लगाएको बताएका छन् ।

‘कार्यसूची बमोजिमका विषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शब्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगर सभा अन्त्य भएको घोषणा गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->