बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नेपाल शिक्षक संघ बागलुङको २३ औं प्रतिनिधिसभा

नेपाल शिक्षक संघ बागलुङको २३ औं प्रतिनिधिसभा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८०, शनिबार

बागलुङ/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेस प्रतिपक्षमा बसेर संगठन निर्माण गर्ने बताएकी छिन् ।
सत्ताबाट हटेर पार्टीलाई नोक्सानी नभएको बताइन् । नेपाल शिक्षक संघ बागलुङको २३ औं प्रतिनिधिसभाको उद्घाटन गर्दै संग्रौलाले संगठन निर्माण, भातृ संगगठनको बिस्तार लगायतमा यो उपयोगी समय भएको बताइन् ।
‘प्रतिपक्षमा बसेर सरकारका राम्रा काममा साथ र नराम्रा कामको खवरदारी गर्नेगरी अगाडि बढ्छौं’ उनले भनिन्, ‘नेतृत्वलाई पनि आवस्यक खवरदारी गरिरहन्छौं ।’ ग्रामीण क्षेत्रमा बसेर शिक्षा दिने शिक्षकको सम्मानमा पनि कांग्रेसले निरन्तर साथ दिने उनले बताइन् । उनले कक्षाकोठाभित्र राजनीति गर्न नहुने तर शिक्षकले राजनीतिमा लाग्नै हुँदैन भन्ने भाषा बनाउन नमिल्ने बताइन् ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य चम्पादेवी खड्काले बिद्यार्थीलाई किताबको शिक्षासँगै जीवन जीउने कला सिकाउनुपर्ने बताइन् । बिदेश जाने मनस्थिति बोकेका बालबालिकालाई देशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन आग्रह गरिन् ।
जिल्लाभरका झण्डै १ हजारबढी शिक्षकहरु प्रतिनिधिसभामा सहभागि थिए । नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, सचिव लक्ष्मीकान्त शर्मा राजेन्द्र र सहसचिव मदन कार्कीको संचालन र उपाध्यक्ष सत्यनारायण सिंहको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद तथा कांग्रेस सभापति जित बहादुर शेरचन, सांसद डिल्लीराम सुवेदी, कांग्रेस पूर्व सभापतिहरु हरिप्रसाद श्रेष्ठ, मणीभद्र शर्मा, गोबिन्द प्रसाद शर्मा र प्रकाश पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपाध्यक्ष सागर खरेल, पूर्व अध्यक्ष नारायण शर्मा पौडेल, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, संघका पर्वतका अध्यक्ष यज्ञ बास्तोला, म्याग्दी अध्यक्ष नगेन्द्र खत्री, महिला बिभाग प्रमुख निर्मा श्रीष, शिक्षक नगेन्द्र खत्रीले बोलेका थिए ।
कार्यक्रममा तमानखोला शिक्षक संघकी संयोजक गीता भुषाल, बानपा संयोजक बलराम रिजालले स्थानीय अबस्थाबारे जानकारी गराएका थिए । संघका सचिव राजेन्द्र पौडेलले प्रगती प्रतिवेदन र अर्थ सचिव कुलबहादुर घर्तीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । संघमा १ हजार ८ सय जना आबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->