बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संस्कृत माविमा सम्मान र छात्रवृत्ति वितरण

संस्कृत माविमा सम्मान र छात्रवृत्ति वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८०, आइतबार

पोखरा / शिवरात्री अवसर पारेर पोखराको बगरमा रहेको संस्कृत माविले सम्मान तथा छात्रबृत्ति वितरण कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ ले संस्कृत माविमा अध्ययनरत १७ जना विपन्न विद्यार्थीहरुलाई सुनौलो शिक्षाअन्तर्गत जनही पाँच हजार रुपैयाँका दरले ८५ हजार रुपैयाँ एवम् अन्य अक्षयकोषदाताहरुबाट प्राप्त छात्रवृत्ति रकम ३९ जनालाई गरी जम्मा ५६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका सहयोगदाताहरु जवाहरलाल श्रेष्ठ, टंकनाथ पौडेल, ईश्वरीप्रसाद बास्तोला, चक्रपाणि सुवेदी, कल्पना आचार्य बास्तोला, क्याप्टेन हितकाजी गुरुङ, ओमकार श्रेष्ठ, हिमचुली पराजुली, जमुना शाही ठकुरी, एनप्याब्सन कास्कीका राजु केसी, गणेशप्रसाद सुवेदी, भगवती बञ्जरालगायतलाई सम्मान गरिएको थियो ।

त्यस्तै शिक्षक गोविन्दप्रसाद अधिकारीलाई उत्कृष्ट शिक्षक, देवी नेपालीलाई उत्कृष्ट कर्मचारी र विद्यार्थी सौरभ पौडेललाई विशेष प्रतिभाशाली विद्यार्थीका रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष सहारा प्रधानले संस्कृत मावि यस क्षेत्रकै पहिचान र ईतिहास भएता पनि हालसालै मात्रै चर्चामा आउन थालेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको साथ र सहयोग लिएर विद्यालयलाई गुणस्तरीय संस्कृत शिक्षाको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षता एवम् पोखरा महानगरपालिका वडा नं १ का वडाध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक कलादेवी बराल, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, जग्गादाता माधव पराजुली, एन प्याब्सन कास्कीका कोषाध्यक्ष राजु केसी, सहयोगदाताहरु हितकाजी गुरुङ, जवाहरलाल श्रेष्ठ, राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा, पोखरा महानगरपालिका वडा नं २ का सदस्य गोमा सुवेदी लगायतले मन्तव्य राखेका विद्यालयका सूचना अधिकारी श्रीकान्त सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->