बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वड्स एकेडेमीमा पुरस्कार वितरण

वड्स एकेडेमीमा पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०८०, सोमबार

पोखरा/पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो ।

समारोहका प्रमुख अतिथि शिक्षासेवी नरेन्द्रमान लालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हाँसिल गर्दै गएको बताए । निजी विद्यालयहरुले यसरिनै विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उनले जोड दिए ।

एन प्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले वड्स एकेडेमीले एन प्याप्सन अन्तर्गतका विद्यालयहरुमध्य खेलकुद, गायन लगायतका क्षेत्रमा अग्रणी रहेको टिप्पणी गर्दै आगामी दिनमा थप सफलता हाँसिल गर्न शुभेच्क्षा प्रकट गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयरमान श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा एन प्याप्सन कास्की उपाध्यक्ष मानकाजी गुरुङ, विद्यालयका प्राचार्य भगवती वाग्ले, सह–प्राचार्य विष्णुहरी देवकोटा, मावि शिक्षक तीर्थराज बाँस्तोला, झलक सुवेदी, सुजन नहर्की, प्राइमरी संयोजक गौरी ढकाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

शिक्षिका गितादेवी डुम्रेले तथा विद्यार्थीद्वय पुजा वाग्ले र दिपलक्ष्या सुनारले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य प्रकाश वाग्लेले स्वागत गरेका थिए ।
वड्स एकेडेमी वर्ष २०७९ मा कक्षा ८ को नजितामा विश्लेषणको आधारमा तृतीय, जनप्रिय क्लवष्टरमा प्रथम तथा एन प्याप्सनको गायनतर्फ प्रथम हुन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->