बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘रोटी खाउँ, गोटी नखाउँं’ (फोटो फिचरसहित)

‘रोटी खाउँ, गोटी नखाउँं’ (फोटो फिचरसहित)


  • रामकृष्ण बोहरा
  • चैत्र ३ २०८०, शनिबार

पछिल्लो तीन महिनामा बागलुङको बाङेचौर खेल मैदानमा तीन फुटबल टुर्नामेन्ट सम्पन्न भएका छन् । इन्टरस्कुल प्रेस चौतारी कप, तेश्रो संस्करणको चिल्ड्रेन लाइफ कप र दोश्रो अर्ना जेसिज कप फुटबल टुर्नामेन्ट दर्शकको उत्साहजनक सहभागितामा सम्पन्न भए ।
कुनै कालखण्डमा दर्शकका लागि केवल मनोरञ्जनमा सिमित फुटबल टुर्नामेन्ट अहिले सामाजिक सन्देश प्रवाह गर्ने भरपर्दाे प्लेटफर्म बनेको छ । यस्तै फरक दृश्यहरु देखिए दोश्रो अर्ना जेसिज कप फुटबल टुर्नामेन्टको अवधिभर । ‘रोटी खाउँ, गोटी नखाउँ’ र ‘से नो ड्रग्स’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका तन्नेरीले प्याराफिटमा बसेका धेरैको ध्यान खिचे ।
लागूऔषधको दलदलमा फसेकाहरुलाई नयाँ जीवन दिने उदेश्यले बागलुङमा सञ्चालनमा आएका बागलुङ सुधार केन्द्र र संकल्प पुर्नस्थापना केन्द्रले लागूऔषधविरुद्व सचेतना जगाउने काम मात्रै गरेनन् प्रतियोगितामा टिम नै समावेश गरेर फुटबलको विकासमा सहकार्य गरे ।
लागूऔषध सेवन फेसन बनिदिँदा टिनएज पुस्ता यसको दलदलमा फसेको छ । प्रहरीले लागूऔषध बरामद गरिहनु र सुधार गृह खुल्ने क्रम चलिरहनुले युवापुस्ता लागूऔषधमा फसेको यथार्थ नकार्न सकिदैन । लागूऔषधले समाजमा विसंगति फैलाउनुका साथै परिवारमा विग्रह ल्याएका थुप्रै उदाहरण छन् । त्यसैले युवापुस्तालाई सत्मार्गमा डोहो¥याउन खेलकुद गतिविधिमा जोड्नु अचुक विकल्प बन्न सक्छ । खेल केवल मनोरञ्जन मात्र नभई रचनात्मक कामको सन्देश प्रवाह गर्ने प्लेटफर्म बन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->