बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखराका मेयर आचार्यलाई मातृशोक

पोखराका मेयर आचार्यलाई मातृशोक


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८०, बुधबार

पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनका आमा जमुनादेवी आचार्यको उपचारका क्रममा ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएकी उनको यहाँको चरक मेमोरियल अस्पतालमा उपचार हुँदै थियो तर उपचार सफल भएन । जमुनादेवीको पार्थिव शरीरको मंगलबार नै पोखराको तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । जमुनादेवीका ३ जना छोरा र २ छोरी छन् । जेठा छोरा आचार्य गत स्थानीय निर्वाचनबाट पोखरा महानगरका मेयर निर्वाचित भएका थिए ।जमुनादेवी सामाजिक क्षेत्रमा क्रियाशील थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->