पोखरा/ मर्दी हिमाल घुम्न पुगेका एक मलेसियन अचानक अचेत अवस्थामा पुगेका छन् । २२ जना मलेसियन १५ जना गाइड र भरियासहित मर्दी हिमाल घुम्न पुगेका थिए । मर्दी हिमाल घुमेर फर्कने क्रममा अन्दाजी ५३ वर्षीय लि सो युङ (पासपोर्ट नम्बर ए ५९२३६५१३) लो क्याम्बाट फर्कदै गर्दा कामकिकु नजिकै अचानक ढल्न पुगेका थिए ।
उनको उद्धारका लागि माछापुच्छे« गाउँपालिका भिडावारी प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक टोली, प्रहरी र वडा नम्बर ९ का अध्यक्ष राजेन्द्र क्षेत्रीसहितको संयुक्त टोली घटनास्थलतर्फ लागेका थिए । उनको उद्धार गरी पोखरा पठाएको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए ।





