मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘मुर्तिकलालालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको हब बनाउने योजना छ’

‘मुर्तिकलालालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको हब बनाउने योजना छ’


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०८०, बुधबार

पवन हमाल
वडा अध्यक्ष
गलकोट नगरपालिका–५, हरिचौर

वडा अध्यक्ष भएर आएपछि ‘केही काम गरौं, युवालाई गाउँमै अड्याऔं’ भन्ने भावनाले काम गरेको छु । अहिले टेउवामा अवस्थित मूर्तिकला धेरै पर्यटकको आर्कषणको केन्द्र बनिरहेको छ । त्यसैले यो स्थानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको गन्तव्यको रुपमा विकास गर्ने योजना छ । हाल यो योजना पर्याप्त छैन । यहाँको श्रोत साधन चाहेजस्तो उपलब्धता छैन, त्यसैले नगर र अन्य संस्थाको साथ लिएर शुद्द पानी लैजाने लक्ष छ । त्यस बाहेक यहाँ पुग्ने पर्यटकलाई खाने र बस्ने होटल तथा रेष्टुरेन्टको व्यवस्थापनमा पनि पहल भएको छ ।
मुर्तिकलालाई नगरपालिकाको नगरस्तरीय योजनाले पनि समेट्न खोजेको छ । वडाबाट पनि आवस्यकता अनुसार व्यवस्थित गर्नको लागि पहल भैरहेको छ ।
त्यस्तै मूर्तिकलासम्म पुग्ने सडकको अवस्था राम्रो नभएकाले उक्त सडकलाई स्तरोन्नती गरी पर्यटकहरुलाई सहज रुपमा टेउवा पुग्ने वातावरण सिर्जना गरिरहेका छौं । वडा नं. ५ को विकासको लागि लागि सम्पुर्ण टोलहरुमा पुग्ने बाटोहरुलाई स्तरीय बनाउने कार्यलाई अगाडि बढाएका छौं । युवाहरुको क्षमता विकासका लागि खेलकुदमा लगानी गरिएको छ । वडा भित्रका विकास निर्माणमा जनसहभागिता बढेको छ । वडाकै बजेटबाट पक्की पुल बनायौं । मानिस घाँस दाउरा गर्न निस्कने खहरेखोलामा मानिस आउजाउ गर्ने पुल पनि बनाएका छौं ।
टोलटोलमा खेलको विकास गर्न भलिबल र अन्य खेल मैदान निर्माणमा चासो दिएपछि युवाहरु सक्रिय छन् । सबै सडकहरु हरियाली बनाउने काम स्वरुप सडक छेउमा बिरुवा रोप्ने काम भएको छ । गलकोट दरबार व्यक्तिगत नाममा रहेकाले वडाले कुनैपनि योजनाहरु समावेश नगराएको तर परिवारको साथ र वडाको अगुवाइमा संरक्षणको काम थालिएको छ । परिवारसंग मिलेर पुर्वाधार निर्माण लगायत अन्य व्यवस्थापनको काम गरी दरबारलाई पर्यटकीय क्षेत्रसंग जोड्ने लक्ष्य राखिएको छ । यो लक्ष अनुसार केही सुधार समेत भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->