आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा ‘होली म्यूजिक फेष्टिवल’ हुने

पोखरामा ‘होली म्यूजिक फेष्टिवल’ हुने


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८०, शुक्रबार

पोखरा/रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो ।
कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने जनाइएको छ ।
प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती दिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।
कार्यक्रममा देउराली व्याण्डका आनन्द बज्राचार्य, विनोद बानिया, पखेरी व्याण्डका ईन्द्र गुरुङ, उषा गुरुङ, मीलन गुरुङ, प्रिया गुरुङ, ब्रोसिस व्याण्डका प्रकाश राना र रोहनजंग कार्कीले प्रस्तुती दिने उनले बताए ।
कार्यक्रमको अन्त्यमा डिजे भिटिजे बिजयले डिजेईङको मज्जा चखाउँदै समापन गर्ने कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
टुबोर्गको मुख्य प्रायोजक र सिग्नेचर सहप्रायोजक रहेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->