मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नगर अस्पतालप्रति जनताको विश्वास बढेको छ

नगर अस्पतालप्रति जनताको विश्वास बढेको छ


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

भरत शर्मा गैरे
नगर प्रमुख, गलकोट नगरपालिका

हामीले धेरै भौतिक बिकास निर्माणको काम गरेका छौं । तर जनताको स्वास्थ्यभन्दा ठूलो अरु छैन । स्वस्थ्य जनताले मात्रै बिकासमा योगदान दिन सक्छन् । यसअघि उपचार गर्न दैनिक पोखरा पुग्ने बिरामीलाई गाउँमै राख्न सकिएको छ । त्यसबाट बिरामीको हजारौं रकम बचत भएको छ भने नगरपालिका र नगर अस्पतालप्रति विश्वास बढेको छ ।
दर्जनौं बिकास निर्माणका काम गरिरहेपनि जनतामा धेरै चाहना बढीरहेका छन् । सबै कामबाट सबै जनता सन्तुष्ट छैनन् । स्वास्थ्य सेवा पाएको नागरिकले भने सन्तुष्ट महसुस गरेको देखिन्छ । किनकी आपत पर्दा पाएको सानो सहयोग नै उसको जीवनको ठूलो उपलब्धी हुने रहेछ ।
हामीले स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि अस्पतालको सेवा मात्र हैन, गर्भवती महिलालाई थप सेवा दिएका छौं । कोही महिला गर्भवती भएपछि नियमित गर्भ परीक्षण गर्ने र स्वास्थ्य संस्थामै उपचार गर्ने वा सुत्केरी बन्दा नगरपालिकाले ४ हजार ६ सय रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ । यो भत्ता बिशेषगरी दैनिक मजदुरीमा जानुपर्ने कारणले आफ्नै स्वास्थ्यको ख्याल नगरेकाहरु, शिशुको स्वास्थ्यमा चासो राखेका, नियमित खोप लगाउन आउनेहरुलाई प्राथमिकता दिइएको हो । तर सुत्केरी भएको बेलाको पीडा भने सबै समूह, सबै क्षेत्रका महिलाको बराबरी हो । त्यसैले हामीले उनीहरुको समस्या पनि समाधान गर्न यो बाटो रोजेका हौं ।
गलकोट नगरपालिका बालमैत्री नगर समेत घोषणा भएको छ । कोही पनि बालबालिका जन्मनेदेखि बालबालिकाको उमेर समूहमा रहुन्जेल स्वास्थ्य शिक्षा र बालअधिकारबाट वञ्चित नहुन् भन्ने चाहना पनि राखेका छौं । त्यो चाहना पुरा गर्नपनि नगरभित्रको स्वास्थ्यमा बढी चनाखो बनेका हौं । यो अभियानमा नगरबासी सबैले साथ दिनुभएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->