बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्थापना दिवसमा नेत्रज्योती संघको वृक्षारोपण

स्थापना दिवसमा नेत्रज्योती संघको वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८०, बुधबार

बागलुङ/‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवादरी आँखा सेवामा साझेदारी’ भन्ने नाराका साथ ४६ औं स्थापना दिवसको अवसर पारेर नेपाल नेत्रज्योती संघ बागलुङले कार्यालय परिसरमा वृक्षारोपण गरेको छ ।
वृक्षारोपणपछि आयोजित आँखा सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार विक्रम क्षेत्रीले नेत्रज्योती संघले आँखा उपचारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै संघका कार्यक्रमलाई जिल्लाका ग्रामिण क्षेत्रमा पनि केन्द्रित गर्न आग्रह गरेका थिए ।
संघका अध्यक्ष विन्दु सागर राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएके कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत पुरी, कोषाध्यक्ष लक्ष्मण प्रसाद शर्मा, व्यवस्थापक विनम लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमको संचालन संघका सचिव युक्तजंग राजभण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->