बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा नवलपुरका गैरेको मृत्यु

मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा नवलपुरका गैरेको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०८०, शनिबार

पोखरा / गोरखाको सहिद लखन गाउँपालिका-३ घोर्लेस्वाँरामा शनिवार दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नवलपुरबाट मझुवादेउराली हुँदै मनकामनातर्फ जाँदै गरेको ग १ च ७६१९ नम्बरको स्कारपियो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी स्कारपियोमा सवार नवलपुर विनय त्रिवेणी गाउँपालिका(४ का ४५ वर्षीय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गैरेको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उकालो बाटोमा गाडी चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको थियो।

स्कारपियो चालक नवलपुर विनयत्रिवेणी गाउँपालिका–४ घर भएका ४७ वर्षीय बेगबहादुर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->