बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०८०, बुधबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पदबाट राजीनामा दिएका छन । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिएका हुन ।
संघीय सरकारमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेपछि गत फागुन २३ मा माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेसंगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो । चैत २२ गते अर्थात् भोली विहीबारभित्र मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो । तर त्यतातर्फ नलागी पाण्डेले राजीनामा दिएका हुन । प्रदेश प्रमुखका प्रेस संयोजक रंजन अधिकारीले मुख्यमन्त्रीको राजीनामा आएको पुष्टी गरे ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार गत बैशाख १५गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनिर्णित हुँदा कांग्रेस वा इतर पक्ष कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन हुन सकेको छैन । यसले प्रदेशमा अन्यौलको अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->