बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

दराजको पोखरा शाखा कार्यालयमा चोरी

दराजको पोखरा शाखा कार्यालयमा चोरी


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८०, शनिबार

पोखरा/ पोखराको नयाँबजारस्थित दराजको पोखरा शाखा कार्यालयमा शुक्रबार राती चोरी भएको छ । कास्की प्रहरीका अनुसार शौचालयतर्फको झ्याल फोरेर चोरी भएको छ ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी समीक्षा घिमिरेका अनुसार ५ लाख ८० हजार ५ सय रुपैयाँ नगद, एउटा सामसुङ मोबाइल र ५ वटा झोला हराएको हो । शनिबार बिहान कार्यालय खुलेपछि चोरी भएको थाहा पाएपछि कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

बिहान साढे ६ बजे प्रहरीलाई खबर आएको र अहिले वडा प्रहरी कार्यालय बैदामले घटनाको अनुसन्धान गरिरहेको घिमिरेले बताईन । कार्यालयको सिसी क्यामेरा फुटेजमा चोरले पैसा राखेको अल्मारीनै बोकेर लगेको देखिएको कर्मचारीहरुले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->