बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘डिग्री माइला’ सफल हुनेमा निर्माणपक्ष आशावादी

‘डिग्री माइला’ सफल हुनेमा निर्माणपक्ष आशावादी


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८०, सोमबार

पोखरा/‘डिग्री माइला’ को निर्माणपक्ष सिनेमा सफल हुनेमा आशावादी देखिएको छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा डिग्री माइला चैत ३० गतेबाट अल नेपाल रिलिज हुँदैछ । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण पक्षले सो आशा व्यक्त गरेको हो । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा बेरोजगार युवाको कथा भएको कलाकार प्रकाश घिमिरेले उल्लेख बताएका छन् ।
उनी आफै पनि उक्त सिनेमामा अभिनय गरेका छन् । विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको भूमिकामा घिमिरेलाई देख्न सकिन्छ । पढेलेखेको व्यक्तिको चेतनाको स्तरलाई समेत सिनेमामार्फत् देखाउन खोजिएको उनले बताए । घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताए । नाटकमा हेरेता पनि दृश्यात्मक रुपमा सिनेमामार्फत् अझ फरक पाउने उनले बताए ।
कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिँदैछन् । उनले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गरे ।
डिग्री माइलामा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ सहित बुद्धी तामाङ, विजय बराल, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय छ । विशाल गुरुङ (एलजी), मनीराम पोखरृेल, मधु मिजार र शुृष्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबु गुरुङले नै लेखेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->