पोखरा/नेपाल शैक्षिक परामर्श संघ गण्डकी (इक्यान) कास्कीका अध्यक्ष रमेश कुमार थापाले शैक्षिक परामर्शदाताकै गलत कारणले शैक्षिक कन्सल्टेन्सीहरुमाथि विभिन्न आरोप लाग्ने गरेको बताएका छन् । उनले विश्वका जुनसुकै कुनामा गएर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक परामशृ नदिई कमाउ धन्दामा लाग्दा समग्र व्यवसायमाथि नै गलत बुझाई भएको बताए ।
आगामी ३० गते पोखरामा हुने इडियु ३६० कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै शैक्षिक परामर्शदाताको रुपमा अन्य कार्य गर्दै आइरहेको सुनाए । नेपाल सरकारले मेला महोत्सव गर्न रोक लगाएपछि आफुहरुले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको उनले बताए ।
मेलाको बैकल्पिकको रुपमा उक्त कार्यक्रम रहेको छ । नेपालमा पढ्दै कमाउँदैको स्थिति नभएका कारण अधिकांश युवाहरु उच्च शिक्षाका लागि विदेशीने गरेको छ । अध्यक्ष थापाका अनुसार विदेशमा हप्ताको तीन दिन मात्र पढे पुग्ने र अरु समय कमाउन पाउँदा आफ्नो परिवार समेत सुधारिने कारण शिक्षाका लागि विदेशीने चलन बढिरहेको बताए ।
‘नेपालमा रोजगारको अवस्था छैन् । विदेशमा गएर शैक्षिक सँगै जिवनस्तर पनि सुधारिन्छ’ उनले भने, ‘हामीमा पनि केहि कमीकमजोरी रहेको छ । यहाँ केहि व्यक्तिले शैक्षिक परामर्शदाताको रुपमा ठगी धन्दा समेत गर्दै आइरहेका छन् । कतिपय अवस्थामा त हामीले नै प्रहरीले बुझाएका छौं ।’
एक दिने अन्तरक्रिया कार्यक्रममा विदेशमा जाँदा के कसरी पढ्ने भन्ने कुराहरुमा परामर्श दिइने छ । कार्यक्रममा राजेश हमाल, गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी, पोखराम महानगरपालिकाका मेयर धनराज आचार्य लगायतको सहभागिता रहनेछ ।





