पोखरा / मिस नेपाल २०२४ प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ । साउनको १९ गते हुने ग्रान्ड फिनालेका लागि भोलिबाट पोखरामा रिजनल अडिसन सुरु हुनेछ ।
पोखराको हल्लनचोकदेखि सेती जाने बाटोमा रहेको वाटरफन्ट रिर्सोटमा निशुल्क रुपमा अडिसन खुल्ला गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
अडिसन आवेदन १४ मे सम्म खुल्ला रहनेछ । मिस नेपाल २०२४ का लागि न्युनतम ५ फिट ३ इन्च उचाई तथा १८ वर्षदेखि २७ वर्षका अविवाहित नेपाली महिलाहरुले सहभागिता जनाउन पाउनेछन् ।
यस पटक मुख्य तीन विधामा विजेता हुने आयोजक द हिडन ट्रेजरले बताएको छ । मिस नेपाल, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल यस पटकको टाइटल रहेका छन् । पोखरामा दुईदिन मात्र अडिसन हुनेछ ।





