शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको १ हजार ५ हेक्टर जंगलमा डढेलो

स्याङ्जाको १ हजार ५ हेक्टर जंगलमा डढेलो


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८१, शुक्रबार

फाइल तस्बिर
स्याङ्जा/जिल्लामा यो वर्ष एक हजार ४९२ हेक्टर जंगलमा डढेलोले क्षति गरेको छ ।
गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न सामुदायिक, राष्टिय र निजीगरी ४९७.२ हेक्टर वनमा डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।
सबैभन्दा धेरै गल्याङमा ११ वनहरुमा लागलागी हुँदा ५८४ हेक्टर क्षेत्रफलमा आगाँलागी भएको हो ।
पुतलीबजारमा २०५ हेक्टर वनमा ढडेलो लागेको हो भने आँधीखोलामा १३९ हेक्टर वनमा डढेलोले क्षति गरेको हो ।
त्यस्तै फेदीखोलामा १०४ हेक्टर वनमा ढडेलो लागेको छ भने सबैभन्दा कम विरुवा गाउँपालिकामा २.२ हेक्टर वनमा आगलागी भएको छ ।
अर्जुनचौपारीमा ४७ हेक्टर वनमा ढडेलो लागेको हो भने भीरकोटमा पाँच सामुदायिक वनको ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ। यस्तैचापाकोटको आठ सामुदायिक वनको ११ हेक्टर,कालीगण्डकीमा पाँचसामुदायिक वनको ७७हेक्टर, वालिङको पाँचवटै वनको२४३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।
डिभिजन वन प्रमुख नवराज बरालले डडेलोबाट दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएको जानकारी दिए । यस्तै, ३ गोठ, १९ बाख्रा, एक भैंसी मरेको बरालको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->