बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायो

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायो


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८१, आइतबार

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ ।

बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए ।

‘वीरेन्द्र ताल फुटेको होइन । तालमा हिमपहिरो आएको हो । हिमपहिरोबाट तालबाट पानी छछल्किएको हो । सामागाउँको काठेपुल बगाएको छ । अहिलेसम्म बस्तीमा त्यति जोखिम छैन ’ पाठकले भने ।

२०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा सामागाउँ-साम्दो जोड्ने पुल बगाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->