मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आशा र अपेक्षामा तुषारापात

आशा र अपेक्षामा तुषारापात

ठूला आयोजनामा गरिने लगानीले स्थानीय अर्थतन्त्र चलायमान बनाउँछ तर पोखरा एयरपोर्टको हकमा त्यस्तो भएन ।


  • आनन्दराज मुल्मी
  • बैशाख १० २०८१, सोमबार
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरः राधिका कँडेल÷ रासस

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छिटो निर्माण गर भनेर सुरु गरेको आन्दोलन कुनै रहर का आवेशमा गरिएको थिएन । दूगामी सोचका साथ पोखरा मात्र हैन, वरिपरिका सबै नागरिकको जीवनस्तर सुधार गर्न सकिने, प्रत्येक परिवारको आम्दानीमा वृद्धि हुन सक्ने, कृषिलगायत हस्तकला, उपभोग्य वस्तुको उत्पादन बढ्न सक्ने र सेवा उद्योगका बहुआयामिक पक्षहरु आर्थिकरूपमा सम्भव हुने दृष्टिकोणसहित नेपालको कुल ग्राहस्थ उत्पादनमा थप योगदान गर्न सकिने उदेश्यका साथ आन्दोलन सुरु गरिएको थियो । फलस्वरूप सबै वर्ग, सबै क्षेत्र, सबै पेशा, सबै दलले ऐक्यद्वताका साथ दिएको कुराले निष्कर्षमा पु¥याउन सम्भव भएको हो । कुनैपनि पूर्वाधारको निर्माणमा ठूलो धनराशी लगानी हुन्छ । त्यस्तो लगानीले आर्थिक कृयाकलापमा वृद्धी हुन्छ, चहलपहल हुन्छ अनि एउटा भौतिक संरचनाको निर्माणले एउटा हेर्नुपर्ने ठाउँको सुनिश्चित हुन्छ । यही अपेक्षा थियो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबाट । कैंयन युवा इंजिनियरहरु नयाँ काम पाउने आशासहित आन्दोलनमा सहभागी भएका थिए । कैयन किसानहरु हाम्रा उत्पादन जस्तै तरकारी खपत बढने भयो भनेर खुसी मानेका थिए । कैंयन सिमेन्ट उत्पादक, फलामे डन्डी उत्पादक, काठका सामग्री उत्पादक, सिमेन्ट बैंक र इट्टा उत्पादक, लगायत अन्य निर्माण सामग्री उत्पादकहरु खुसी थिए । हाम्रा वस्तुहरूको खपत बढने भयो,सामानको माग बढने भयो, कारखाना बढी समय चल्ने भयो भनेर । हाम्रा दक्ष कामदारहरु काम पाइने आशामा रमाएका थिए भने अदक्ष कामदारहरु काम सिक्न पाउने, नयाँ प्रविधि जान्न पाउने आशामा थिए । हाम्रा सवारीसाधन भएका व्यवसायीहरु आफ्नो साधनले थुप्रै काम पाउने आशामा बसेका थिए । यहाँको व्यवसायी पोखरा बजार चहलपहल भइ आर्थिक कारोबार बढने विश्वासमा थिए । विमानस्थल बनीसकेपछि विश्वका सहरहरुसँग सिधा आउने जाने सम्भव हुने हुनाले पर्यटकहरुको संख्या वृद्धी हुने भएकोले उनीहरुलाई ध्यानमा राखेर नयाँ होटलहरू निर्माण गर्न तत्परता देखाउन थालेका थिए, रेस्टुरा लगायत अन्य मनोरञ्जन केन्द्रहरु स्थापनाका लागि पूँजी जुटाउन सुरुरू गरेका थिए । हिजोका सबै कमी–कमजोरी बिर्सेर एउटा नयाँ स्वर्णिम भविष्यको लागि सबै उत्साहित थिए । जोश र जागर भरिपूर्ण थियो । यद्यपि, नय मोडल एपीसीमा पहिलो पटक नेपालमा पूर्वाधार काम सुरु हुन लागेकोमा जिज्ञासा थियो–यो कस्तो खालको काम गर्ने तौर तरिका हुनेरहेछ । ५ वर्ष भित्र विमानस्थल बन्ने र नेपाल पक्षलाई हस्तान्तरण हुन्छ भन्नेमा हामी ढुक्क थियौँ । चीनले विगत २५/३० वर्षमा गरेको प्रगति र विकासले पनि त्यसमा भरथेग गरेको थियो । एउटा हेर्न लायकको गुणस्तरीय, सुविधाजनक विमानस्थल निर्माण हुनेछ भन्ने थियो ।

लेखक आनन्दराज मुल्मी ।

आनन्दराज मुल्मी
कामको सुरुवात भयो । चिनियाँ ठेकदार टोलीहरू निर्माण क्षेत्रमा नै बस्ने काम गरे । क्रमश सामानहरु चीनबाट नै विस्तारै ल्याउन थालियो । धावनमार्गलगायतका ठाउँहरुबाट माटो झिक्ने काम सुरू भयो । माटो परिक्षण, जग्गाको परीक्षण हुँदै छ भन्ने कुरा थाहा हुन आयो । प्राविधिक रुपमा के हुने कस्तो हुने भन्ने आम जनतालाई थाहा हुने कुनै कुरा नै भएन । धेरै ट्रक माटो ढुंगा ल्याउनुपर्नेमा कहाँबाट ल्याउन सकिन्छ भन्ने कुरा चर्चा हुन थाल्यो । स्थानिय ट्रक टिपरहरु प्रतिस्पर्धामा लिन थालेको पनि सूचनाहरु आए र विमानस्थल धावनमार्ग क्षेत्रको माटो खन्दै झिक्दै अन्यत्र पठाउन लागेको पनि देखिन थालियो । सिमेन्ट फलामे डन्डीलगायत अन्य निर्माण सामग्रीहरु चीनबाट नै ल्याउन थालेको पनि थाहा भयो । कामदारहरु पनि चीनबाट नै ल्याएको देखियो । त्योभन्दा सस्तो उत्तर कोरियाका कामदारहरु पनि ल्याइयो भनेर कुरा गर्न थाले । सिमेन्ट ब्लक बनाउने प्लान्ट भित्रै आफैले स्थापना गरी उत्पादन गर्न थाले । केवल बालुवामात्र विभिन्न घाटबाट ल्याउँदा वा ढुंगा र गिट्टीहरु ल्याउदा गाउँ÷नगरपालिका समितीबाट करछुटको लागि पनि लविङ गर्न थाले । कुनैपनि स्थानिय व्यक्तिले रोजगारी अवसर पाउन सकेन । मुलढोकामा सुरक्षाको लागी नेपाली सैनिकहरू नै राख्ने गरिएकोले भित्र सहज पहुँच थिएन । नेपाली इन्जिनियरहरु नगण्य मात्रमा काम लगाइएको थियो । यी र यस्तै कारणले पोखरेलीहरूको आर्थिक कारोबार बढने, व्यापार व्यवसाय बढने, रोजगारी पाउने काम पाउने जुन आशा र अपेक्षा गरिएको थियो, त्यो प्राप्त हुन नसक्दा एक प्रकारको निराशा छाउन थालेको थियो र त्यसै समय विश्वव्यापी रूपमा छाएको कोभिड महामारीले नेपाललाई पनि ठूलो असर गरयो । मानिसहरू घरभित्रै रहन बाध्य भए । कामहरु पनि ठप्प भए । यसबाट विमानस्थलको निर्माण कार्य पनि अछुतो रहेन । विमानस्थल निर्माण कार्य पनि ठप्प हुन पुग्यो र चिनियाँ कामदार प्राविधिकहरु फर्किए भन्ने थाहा भएपछि निर्माण के–कस्तो अवस्था मा पुग्यो ? के भयो भन्ने चासो पनि कम हुन गयो । उसै पनि, आयोजनाले स्थानीय अर्थव्यवस्थामा ठूलै प्रभाव गर्नुपर्ने स्थितिबाट विचलित भएको अनुभव स्थानीयले गरेका थिए । ठूलो लगानी गरेर संचालन हुने आयोजनाले स्थानीयलाई काम र माम दिन सकेन भने त्यसप्रति अपनत्व कम हुन्छ । ठूला आयोजनामा गरिने लगानीले स्थानीय अर्थतन्त्र चलायमान बनाउने हुनाले पूर्वाधारहरूमा सरकारको धेरै लगानी हुनुपर्छ भन्ने कुरा स्थापित भएको हुन्छ । यही अनुसार नै पोखरावासीहरुले ठूलो आशा–अपेक्षा गरे अनुरूप नहुँदा किञ्चित निराशा छाएको थियो । तैपनि निर्माण पूरा भएपछि एउटा नयाँ आशासहित पोखराको आर्थिक स्वरूपमा उल्लेखनीय परिवर्तन हुने कुरामा विश्वस्त रहेका कारणले विभिन्न खाले गडबडीका आशंकाहरु भए पनि, स्थानीयले आर्जन गर्ने अन्यथा नरहे पनि यो विमानस्थत समयमै पूरा होस् भन्ने कामना गरिरहेका थिए । अन्ततः निर्माण सम्पन्न भयो भनेर २०७९ पुस १७ मा उदघाटन भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->