बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा ६ का महिलालाई आयमूलक तालिम

पोखरा ६ का महिलालाई आयमूलक तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८१, बिहिबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ६ ले महिलाहरुलाई साबुन, सर्फ, भाँडा धुने झोल साबुन बनाउने तालिम दिएको छ । महिलालाई आयमूलक काममा लगाउने उद्देश्यले आयोजित ५ दिने तालिममा ८० जना गृहिणी महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
उनका अनुसार तालिम जनजाति, अल्पसख्यं, उत्पीडित, मुस्लिम, दलित र न्यून आय भएका बेरोजगार तथा गृहणी लक्षित रहेको थियो । तालिममा सहभागीलाई गण्डकी प्रदेश सांसद देवका पहारीले प्रमाणपत्र प्रदान गरेकी वडा सचिव रामबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->