स्याङ्जा/पुतलीबजार नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता नगर घोषित गरिएको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा पूर्णखोपसँगै दीगोपनाको सुनिश्चिताका लागि प्रतिवद्धता गरिएको हो ।
शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ पालिका पूर्ण खोप सुनिश्चिता गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।
बालमृत्युदर घटाउन राज्यले प्रति बालबालिकाका निम्ति हजारौं लगानी गरेको जनाउदै यसको उपयोग गर्न नगरप्रमुख रेग्मीले सुझाव दिए ।
यहाँ घरधुरी सर्वेक्षकमार्फत् घरघरमा पुगेर सात पटकमा १३ प्रकारका खोप बालबालिकालाई लगाइएको हो ।
नगर उपप्रमुख देवी अर्यालले नगरभित्रका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिमका खोप उपलब्ध गराउन सबैले चासो दिनुपर्ने बताइन् ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर थापाले पुतलीबजार नगरपालिकामा १६ देखि ५९ महिनाभित्रका एक हजार ८२२ जनालनई पूर्ण खोप लगाएको बताए । यहाँ बर्सेनि चार सयदेखि पाँच सयसम्म शिशु जन्मने गरेका छन् ।





