सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल २८ रनले पराजित

नेपाल २८ रनले पराजित


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८१, बिहिबार

पोखरा/ नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले टि२० आई सिरिजमा लगातार तेस्रो जित निकालेको छ । नेपालमा ५ खेल खेल्ने तय गरेको वेस्ट इन्डिजले एक हार व्यहोरेको छ भने ३ खेलमा जित हासिल गरेको छ ।
बिहिबारको खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले हराउन सफल भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन जोडे । दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।

रोहितले चौथो विकेटका लागि सन्दीप जोरासँग ४० र पाचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गरे। नेपालले १४ औँ ओभरको तेस्रो बलमा कप्तान रोहितलाई पाचौँ विकेटका रुपमा गुमाएपछि लगातार दबाबमा आएको थियो।
त्यस अघि टियु मैदानमा टस जितेर व्याटिङ थालेको वेस्ट इन्डिजले २०९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बलमा ९ चौका ४ छक्का प्रहार गरे । फाविन एलेन ३३ रनमा नटआउट रहे । उनले १९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर एलिक अथान्जे ५ रनमा आउट भए । जोनसोन चार्लिस ५८ रनमा आउट भए उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे । केसी कार्टि ४ रनमा आउट भए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक २ विकेट लिए । प्रतिश जिसीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->